समाचार

भारत र चीनका सैनिकबीच फायरिङ

हालैका दिनमा पूर्वी लद्दाखको पेङग्वाङको त्सो तालनजिक भारत र चीनका सैनिकबीच पटकटपटक हवा’ई फा’यरिङ भइसकेका छन्। भारत र चीनबीच छैटौं चरणको वार्तामा दुई देशको सीमामा धेरै सैनिक नपठाउने सहमति भएको छ।

भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गो’ली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चे’तावनी दिएको हो।

भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं- यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गो’ली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गो’ली चलाउने अधिकार दिएका छौं।’

Related Articles

Back to top button