समाचार

भर्खरै आयो। सारा नेपाली हरुका लागी। खुसीको खबर (सेयर गर्नुहोस

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पाँचौपटक छलफल भएको छ । प्रचण्ड केहीबाहेक सबै मन्त्री हटाउने निष्कर्षमा पुगेका छन् । नेकपाका अध्यक्षसमेत रहेका दाहालले अपवादबाहेक सबै मन्त्री हटाउनुपर्ने प्रस्ताव गरेका हुन् । आज भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहालले यस्तो प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

ad
तर यसमा प्रधानमन्त्री ओली तयार छैनन् । उनले अहिले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र केही मन्त्रालय फुटाएर मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । दुई अध्यक्षबीच सहमति कायम हुन नसक्दा मन्त्री हेरफेर हुन सकेको छैन । यसअघि बसेको स्थायी कमिटी बैठकले मन्त्री हेरफेरको जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउनेलगायतका विषयमा गत बिहीबारदेखि निरन्तर छलफलमा छन् ।

आज प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको तीन घन्टा लामो छलफलमा पनि सहमति जुट्न नसकेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी, मन्त्रीको जिम्मेवारी हेरफेरका विषयमा अध्यक्षद्वयबीच कुरा नमिलेपछि पछिल्ला छलफल निष्कर्षविहीन बनेका छन् ।

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्न गृहकार्य गर्ने गरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो ।

मन्त्रीमण्डल पुनर्गठनबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुरा मिलेन।

दुई अध्यक्षबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। ओली र प्रचण्डबीच लगातार तीन दिनदेखि यही विषयमा छलफल भइरहेको छ।

स्रोतका अनुसार अहिलेका सबै मन्त्रीहरू फेर्ने प्रचण्डको प्रस्ताव छ। प्रधानमन्त्री ओली भने केही मन्त्रीहरूमात्रै फेर्ने र थप्ने मनस्थितिमा छन्।

‘केही अपवादबाहेक मन्त्रीहरूको सेट नै फेर्‍यौं भन्ने प्रचण्डको प्रस्ताव छ तर प्रधानमन्त्रीले त्यो मानिरहनु भएको छैन,’ नेकपा स्रोतले भन्यो,‘उहाँहरूबीच फेरि भोलि पनि छलफल हुन्छ होला।’

दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रीमण्डल पुनर्गठन पनि केही दिन पर धकेलिने भएको छ। यसअघि ओलीनिकट नेताहरूले एक(दुई दिनमै मन्त्रिमण्डल हेरफेर हुने बताएका थिए।

Related Articles

Back to top button