समाचार

काश्मिरमा पाकिस्तानको आक्रमण ; ३ भारतीय सेनाको मृ’त्यु

कास्मिरको कुपवान्डा जिल्लास्थित नौगाम सेक्टरमा दुई तथा पुन्छ सेक्टरमा एकजनाको मृ’त्यु भएको हो । त्यस्तै कुवान्डामा चार र पुन्छमा एक जना घाइते भएका छन् ।जम्मू–कास्मिरको सीमामा पाकिस्तानले फायरिङबाट तीन भारतीय सैनिकको ज्यान गएको छ ।अलग–अलग स्थानमा भारतीय सेनाका तीन जवा नको मृ’त्यु भएको छ भने ५ जना घाइते भएका छन् । एउटा घटना बिहिवार र अर्को बुधवार भएको जनाइएको छ।अहिले भारतले जवाफी कारबाही थालेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानले पछिल्ला आठ महिनामा सीमा क्षेत्रमा ३ हजारभन्दा धेरैपटक युद्धविराम उल्लंघन गरेको छ इटहरी । नेपालमै कृषि व्यवसाय गरेर मासिक ३ लाख कमाई हुन्छ भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर यो यर्थाथ हो । अहिले सुनसरीको इटहरी–२ का उत्सव अधिकारीले पोल्ट्री व्यवसायबाट मासिक ३ लाख भन्दा बढि आम्दानी गरेका छन् । २०६५ साल देखि कुखुरा पालन सुरु गरेका अधिकारी अहिले
मनग्ये आम्दानी गर्दै आएका छन ।नेपालमा कहि गर्न सकिएन भन्दै गनगन गर्नेहरुको लागि अधिकारी अहिले उदाहरणीय बनेका छन । एक सय रुपैयाँमा किनेर दुई हजार लेयर्सका चल्ला लगाएर फर्म सुरु गरेका अधिकारीले केही वर्षपछि आफैले १० लाख रुपैयाँमा ह्याचरी मेसिन खरिद गरी चल्ला उत्पादन सुरु गरेका थिए ।आफैले चल्ला उत्पादन गरी युवाहरूलाई हौसला दिएर विदेश पलायन हुनबाट रोकी स्वदेशमै स्वरोजगार बनाउने काम गरेको अधिकारी बताउँ

छन् ।आफू २० वर्षको उमेरदेखि नै पोल्ट्री व्यवसायमा लागेर अहिले मासिक ३ लाख माथि आम्दानी गर्ने ठाउँमा आइपुगेको उनी बताउँछन् । आफूमात्र स्वरोजगार नबनी अधिकारीले अन्य युवाहरूलाई पनि स्वदेशमै स्वरोजगार बन्न प्रेरणा दिएका छन् । उनी भन्छन् म नेपालमै राम्रो कमाएर देशभर चिनिन चाहान्छु ।पोल्ट्रीको क्षेत्रमा सम्भावनाको खोजी गर्ने उत्सवले सुरुमा लेयर्समात्र पालन गरे पनि अहिले उनको फर्ममा लोकल कुखुरा, तिथ्रा, बटाई, टर्की कड कनाथ कुखुराका चल्ला उत्पादन गरी एक नम्बर प्रदेशका बिभिन्न गाउँ बस्तीका किसानहरूलाई बेच्दै आएका छन् ।उनी भन्छन्, ‘पूर्वमा मैले नै बटाईको
सम्भावनाको खोजी गरी पालन गरेपछि अहिले मबाटै चल्ला लगेर धेरै किसानले बटाई पालन गर्नुभएको छ ।’उत्सवले सुरुमा पोल्ट्री व्यवसाय गर्दा आफूलाई जे जे चाहिएको थियो अहिले त्यसको नै ब्यापार गर्दै मनग्गे आम्दानी गर्न सकिने रहेछ भन्ने उदाहरण पेश गरेका छन् । उनी भन्छन् ‘सुरुमा मैले लेयर्स पालन सुरु गर्दा चल्ला, दाना, औषधि, भाडाहरू चाहिएको थियो । अहिले मैले अरु युवाहरूलाई सहुलियत दरमा ती सबै चिज दिन सक्छु ।’केही वर्षअघि उनले अन्य व्यवसायीको समेत सहकार्यमा भ्यालिभेट सेन्टर नामको पोल्ट्रीलाई चाहिने औषधि पसल समेत सुरु गरेका थिए । पछिल्लो समयमा उनले कुखुरा पालनमा चाहिने प्लाष्टिकको भाँडाकुँडाको ब्यापार पनि सुरु गरेका छन् । उतार चडाव भइरहने पोल्ट्री व्यवसायमा धीरता आवश्यक रहको उनी बताउँछन् ।
‘कुखुरापालन व्यवसायमा लाग्न सुरुमा निकै चुनौती थियो,’ उनी सम्झन्छन् ‘धैर्यले नै यहाँसम्म ल्याएको हो ।’ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा जन्मिएका उत्सव २०५९ सालतिर बसाई सराईको क्रममा मोरङको टंकिसिनवारीमा झरेका थिए ।

Related Articles

Back to top button