समाचार

झापा बाटआयो यस्तो दुःखद खबर

झापा । बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले झुण्डिएर आत्महत्या गरेका छन् । साथमा उनले लेखेको सोसाइट नोट फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सुसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सुसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट लेखेको नोट प्रहरीले लाहा छाप गरी सुरक्षित राखेको छ । सोसाइड नोट लेखेको इलाका प्रहरी कार्यालय अनारमनीले पुष्टि गरेको छ ।ढकाल बिर्तामोडमा एक दशक देखि भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा विपम फर्निचर सञ्चालन गर्दै आएका थिए । उनका छोरा विपमका अनुसार आज विहान परिवारसँग सँगै खाना बुबा पसल आएका थिए । घरबाट हिडेको आधा घण्टामा घटना भएको परिवारले जानकारी पाएको थियो ।विपमका अनुसार बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र दिपक ढकाल मिल्ने साथी थिए । साथीको नाताले उनीहरु विचमा कारोवार पनि हुने गरेको थियो । स्रोतका अनुसार १५ लाखभन्दा बढि रकम भट्टराईले ढकाललाई तिर्नु थियो ।मृतकका छोरा विपमले बताएका अनुसार भट्टराईले बुबालाई लाखौं रकम तिर्न
बाँकी थियो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहन थापाले सोसाइड नोटका बारेमा अनुसन्धान हुने बताएका छन् । ढकालको शव पोष्टमार्टमका
लागि अञ्चल अस्पताल भद्रपुर लगिएको छ । (इजलासबाट)काठमाडौं । नेपाल प्रहरीलाई ठुलो सफलता हात लागेको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलबाट ४ करोड ७६ लाख ९४ हजार नक्कली भारतीय नोटसहित नेपाली र पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिकले सुटकेसमा ल्याएको सो जाली रकम विमानस्थलमा चेकजाँचका क्रममा शुक्रबार दिउँसो बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।विमानस्थल प्रहरी र त्रिवि अध्यागमन कर्मचारीको चेकजाँचको क्रममा उनीहरुले बोकेको तीन वटा सुटकेसमा नक्क्ली भारु फेला परेको हो ।पक्राउ पर्नेमा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दीन र नादिया अनियर रहेका छन् । अन्य पक्राउ पर्नेमा युनिस अन्सारी, सोहेव खान र सुजन रानाभाट रहेका छन् ।तपाईलाई जानकारी गराउँ युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका थिए ।प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो । केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो ।पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेसनल टेलिभिजनका
सञ्चालकसमेत रहेको जानकारी दिइएको छ ।डोटी – पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ चैकोटमा चटयाङ लागेर ७ जना महिला घाइते भएका छन् ।

घाइते हुनेमावडा नम्बर–३, का २६ वर्षीया देवी बोहरा, ३५ वर्षीया पदमा धानुक, २३ वर्षीया भगु दमाई, १६ वर्षीया कल्पना दमाई, २८ वर्षीया दुर्गा दमाई, ३२ वर्षीया जमुना दमाई र २८ वर्षीया मिट्ठु दमाई रहेका छन् ।घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चटयाङ पर्दा सात जना घाइते भएका हुन् ।सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता विकासकुमार ठाकुरले आज दायर गर्नुभएको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख छ ।आयोगले यही यही जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार, १६१ सिटका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख छ ।निवेदनमा लोकसेवा आयोग कार्य सञ्चालन निर्देशिका २०६७ को दफा ११ (३) बमोजिम समानुपातिक समावेशी सिद्धान्तअनुरुप प्रतिशतको आधारमा परिगणना गरी तथा प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार उल्लङ्घन नहुने गरी विज्ञापन आह्वान गर्न माग गरिएको छ ।

Related Articles

Back to top button