समाचार

खत्रीले आफ्नै परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते

सिन्धुली – दुधौली नगरपालिका–१३ ठाकुरदमार निवासी ४५ वर्षीय तिलकबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै परिवारका तीन जनालाई घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक सन्तुलन ठीक नभएका खत्रीले श्रीमती ४० वर्षीया कृतीकुमारी, बुहारी २२ वर्षीया सपना र १९ वर्षीय सुरेश खड्का (कृती कुमारीको भदा) लाई खुर्पाले हिर्काएर घाइते बनाएका हुन् ।हतियार प्रहारबाट गम्भीर घाइते भएका कृतीकुमारी र सुरेशलाई उपचारका लागि विराटनगर पठाइएको छ । बुहारी सपनाको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । खुर्पा प्रहारबाट कृतीकुमारीको टाउको र पेटमा तथा सुरेशको तिघ्रामा गम्भीर चोट लागेको छ । बुहारी सपनाको हातमा चोट लागेको छ । खुर्पा प्रहार गर्ने तिलकबहादुरलाई इलाका प्रहरी कार्यालय डकाहाबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अन्जु मेहता/इनरुवा, सुनसरी ।म अहिले २७ वर्षको भएँ । मेरो श्रीमान् मलेसियामा हुनुहुन्छ । म लुगा सिलाउनेसँगै घर चलाउने काम पनि गर्छु । मेरा दुई छोरी छन् । एउटा तीन वर्षको अनि एउटा चाहिँ १० महिनाको । घरव्यवहार हेर्नु, बालबच्चा स्याहार्नु अनि काम गरेर आफ्नो खर्च आफैं पुर्‍याउन सजिलो छैन । तर पनि म श्रीमानले विदेशमा कमाएकै छन् भनेर उहाँको
कमाईमा भर पर्दिनँ । घरको सबै काम भ्याएर पैसा कमाउने काम पनि गर्छु ।म स्नातक पढ्दै सिलाई पनि सिक्दै थिएँ । त्यही बेला बिहे भयो । बिहेपछि

पढाइ पनि राम्रोसँग अघि बढाउन सकिनँ । पढाइ र सिलाईमा भन्दा पनि बढी ध्यान घरव्यवहारमा दिनुपर्‍यो । केही महिना बोर्डिङ स्कूलमा पढाएँ । त्यसपछि गाउँकै सरकारी स्कूल पनि पढाएँ । तर बालबच्चा भएपछि त्यो पनि सम्भव भएन । मेरो श्रीमानले सिएमए पढ्नुभएको हो । तर पनि काम पाउन गाह्रो भयो । चिनेजानेको कोही थिएन । कसै न कसैले नभन्दिएसम्म कसले काम दिने ? त्यसैले मेरो श्रीमान् विदेश जानुपर्‍यो । देशमा केही गर्छु भन्दा गाह्रो छ । तर विदेश जान्छु भन्नुपर्छ पैसा दिनेदेखि भिसा खसाल्दिने पनि घरमै आइपुग्छन् । मलेसिया जानुभयो तर काम भनेअनुसारको परेन । सप्लाईको काम पर्‍यो । उहाँको कमाइ काम अनुसारकै छ । कहिले ३० हजार त कहिले ४० हजार रुपैयाँ कमाउनुहुन्छ महिनामा । एक लाख रुपैयाँ ऋण गरेर जानुभएको थियो त्यो तिरिसक्नुभयो । अब केही बचाउनुपर्छ भन्ने लागेको छ । त्यसैले म पनि उहाँको कमाइ घरखर्चमा खर्च गर्नु नपरोस् भनेर काम गरिरहेको छु । सिलाइको कामबाट छोरीहरु र मलाई खर्च पुर्‍याउँछु । हिजोआज वित्तीय साक्षरता कक्षामा पनि बस्छु । यो कक्षामा बस्न थालेदेखि मैले झन पैसाको महत्व बुझेको छु । कहाँ, कसरी पैसा लगानी गर्ने, कसरी बचत गर्ने भन्नेकुरा पनि सिकेको छु ।अब दुई जना मिलेर काम गर्ने हो । मैले कमाएको पैसाले घर खर्च चलाउने र उहाँको कमाइ बचत गरेर केही व्यापार व्यवसाय गर्न पुग्ने बचत भएपछि उहाँलाई पनि घरमै बोलाउछु । सबैकुरा बिस्तारै योजनाबद्ध रुपमा मिलाउँदै लैजान्छु ।

Related Articles

Back to top button