समाचार

काठमाडौं उपत्यका बाट आयो दुखद खबर। ( सेयर गरौ

काठमाडौं, २२ असोज । सरकारले कोरोना भाइरसका संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकाको अवस्था भयावह उन्मुख रहेको जनाएको छ ।बिहीबार स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर उच्च हुँदै जाँदा जोखिम बढेकोबताउनुभएको हो ।उहाँले काठमाडौं उपत्यकामा कुल एक सय ८१ आईसीयू मध्ये ८२ वटा आइसीयू प्रयोगमा रहेको बताउनुभयो । साथै, काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर मध्ये २७ वटा अहिले प्रयोग भइरहेका छन् ।सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर १ हजार ६९ वटा आइसीयु बेड छुट्याए

को जनाएको थियो ।कोरोना संक्रमणको उपचारको लागि छुट्याइएका उपत्यकामा ठूला अस्पताल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञा न प्रतिष्ठान, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, वीर अस्पतालका कोभिड बेड र आइसीयु बेडहरु भरिएका छन् ।लक्षणसहितका सक्रिय संक्रमितलाई बेड अभाव भएर इमर्जेन्सीमा उपचार गर्न थालिएको छ । प्रवक्ता गौतमले दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्न र दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

Related Articles

Back to top button