समाचार

दशैँको मुखमा आयो सारा नेपाली हरुका लागी खुसीको खबर (सेयर गर्नुहोस

काठमाडौं, २५ असोज । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ ।महानगरीय ट्राफिक प्रहरी महा शाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारवाही गरिने बताएको हो ।महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले चोक–चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर सवारीसाधनमाथि निगरानी बढाइने बताए“कोभिड–१९ को सङ्क्रमण बढेसँगै बस
को सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ”, उनले भने ।यसवर्ष उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राख्ने महा शाखाले जनाएको छ । यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण

हुने महाशाखा प्रमुख ढकालले बताए ।लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारवाही गरीने भएको छ । यस्तै, यौनजन्य अप राध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ ।काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छठलगत्तै हुने जनाएको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने बताए।‘मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएका छ,’ पौडेलले भने, ‘छठलगत्तै परीक्षा लिनेगरी तयारी थालेका छौँ ।’ बुधवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदी प ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए। मन्त्रि परि षद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो।

Related Articles

Back to top button