समाचार

काठमाडौं मा भयानक बिस्फोट, धेरै हताहती….

काठमाडौं, २९ असोज । काठमाडौंको नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिन्डर बिस्फोट भएको छ । विहीबार (आज) काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारको फलफूल चोकस्थित निलकुमारी क्षेत्रीको घरमा बिस्फोट भएको हो ।

किरियापुत्री बसेकी कोठामा ग्याँस बाल्ने क्रममा विस्फोट भएको बताइएको छ । सोही कोठामा अर्को सिलिन्डर पनि राखिएको कारण विस्फोट हुँदा ठूलो क्षति भएको जानकारी गराइएको छ ।

सुरुमा भुँई तलाको भ¥याङ छेउमा ग्यास बाल्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको जानकारी गराइएको छ । उक्त विस्फोटमा परी ११ जना घाइते भएका छन् । जसमध्ये पनि चार जना गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि मनमोहन अस्पताल लगिएको बताइएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । उक्त घरको भित्ता भत्किएको छ, भने झ्यालका सिसाहरु पनि फुटेका छन् ।source:News24nepal

Related Articles

Back to top button