समाचार

प्रहरी उपरीक्ष गंगा पन्तको अर्को सफलता : वीरगन्ज बाट

प्रहरीले वीरगन्जको एउटा अपार्टमेन्टमा छापा मारी २३ किलो सुन पक्राउ गरेको छ।वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरि एको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।‘गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद भएको छ,’ उनले भनिन्, ‘हामी मुचुल्का उठाइरहेका छौं।’पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्।बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगह ना रहेको बताइएको छ। विराटनगर । पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण फैलिएको मोरङको विराटनगरमा डेरा बस्नेलाई घरबेटीले घर छोड्न बाध्य बनाएको घटना नौलो हुन छाडेको छ । तर यहाँका एक घरबेटीले भने डेरावाल संक्रमितका लागि छुट्टै आइसोलेसन कक्षको व्यवस्था गरिदिएका छन् ।विराटन गर महानगरपालिका– ३ का कृष्णकुमार सुवेदी र राधा सुवेदीले कोरोना संक्रमितका लागि घरमै आइसोलेसन व्यवस्था गरिदिएका हुन् ।एक साताअघि सुवेदी को घरमा भाडामा बस्ने एक जनालाई कोरोना संक्रमण पुष्टि भयो । महानगरले बनाएको आइसोलेसनमा बेड खाली नभएका कारण संक्रमित युवतीलाई कहाँ

जाने भन्ने टुंगो थिएन । बस्ने ठाउँ नभएपछि सुवेदीले छुट्टै कोठा र शौचालयको व्यवस्था गरिदिएका हुन् ।‘पोजेटिभ रिपोर्ट आएपछि छोरीलाई अन्तै कतापठाउ
नुभएको रहेछ’ पूर्व शिक्षकसमेत रहेका सुवेदीले भने ‘हामी पनि अभिभावक हौं, बाहिर बस्न दिन मनले मानेन, घरमै बोलाएर छुट्टै कोठा र शौचालय व्यव स्था गरिदिएँ ।’सुवेदीको दुई तल्ले घर छ । भुई तल्लामा संक्रमित युवतीलाई छुट्टै शौचालय र कोठा व्यवस्था गरिदिएका छन् । युवतीको परिवारलाई पनिछुट्टै शौचालय बनाइदिएका छन् । सुवेदी श्रीमती र छोरासहित दोस्रो तलामा बस्छन् ।‘यो रोगले धनी गरिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे मर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’संक्रमितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । ‘घरमा सतर्कताअपनाए का छौं’ सुवेदीले भने, ‘हाम्रो परिवार घरबाट बाहिर निस्किएको छैन । संक्रमितको अवस्था दिनमा एक पटक बुझ्छु ।’संक्रमण पुष्टि भएका युवतीको परिवार ११ साउनयता सुवेदीको घरमा बस्दै आएको छ । २८ साउनमा विराटनगर ३ का ५७ वर्षका कोरोना संक्रमितको मृत्यु भएको थियो ।संक्रमित युवती मृतक पुरुषका आफन्त हुन् । युवतीको आफन्तको रिपोर्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी दिए ।Source:onlinekhabar

Related Articles

Back to top button