समाचार

मोटरसाइकल को ठक्करबाटमृत्यु

राँझा, ३ कात्तिक- बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी ७, थपप्टटलीम भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्तीसोनारी ४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते करुवाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।(रासस)

Related Articles

Back to top button