समाचार

कञ्चनपुरबाट आयो यस्तो। दुखद खबर (सेयर गर्नुहोस

कैलालीको जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्य,ष्टि गरिएको छ ।बिकको शोक सलामी सहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाटमा अन्त्य,ष्टि गरिएको हो । कार्तिक १ गते राति वे,पत्ता भएका असई बिकको शव २ गते फेला परेको थियो । उनको श,व धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना नदीमा फेला परेको थियो ।प्रहरीले प्रारम्भिक अनुसन्धानमा घाँटीमा धारिलो हतियार प्रहार गरेर बिकको ह,त्या भएको जनाएको छ । उनीसंगै गस्तीमा गएका प्र,हरी जवानको अवस्था अझै अज्ञात रहेको छ ।तरहरा : रोजगारीको सिलसिलामा

बिदेशी मुलुक गएका इटहरी २० तरहराका कमल कार्की शब बनेर बाकसमा फर्किदाँ शनिबार विहान सबैका आँखा रसाएका थिए ।करीब दुई दशक अगाडि साउदी अरबमा कामको सिलसिलामा गएका तरहराका कार्कीको गत ८ असोजमा हृदयघातका कारण मृत्यु भएको थियो । अरबमै मृत्यु भएपछि शनिबार विहा न मात्रै तरहरामा आइपुगेको उनको शब हेर्दा उपस्थित मानिसहरु भावविह्ल भए ।इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार लामो समयसम्म बाहिरी देश बसेका उनको प्रेसरले हानेर निधन भएको खबर आएको थियो ।‘बिदेशमा उनी बिते भनेर खबर आएपछि हामीले शब ल्याउँनका लागि पहल गरेका

थियौँ,’ उनले टाकुरासँग भने, ‘यसअघि पनि उनी बिदेशमा रहँदा सोही काम गर्ने ठाउँमा एउटा खुट्टा मेसिनले काटिएको रहेछ ।’उनका अनुसार कार्कीको यसअघि साउदीकै एक कम्पनीमा काम गर्ने क्रममा एउटा खुट्टा काटिएको थियो ।पछि कम्पनीले राम्रै तलबमा सोही कम्पनीमा काम गर्न बोलाएपछि उनीकेही बर्ष अगाडि गएका थिए । बेला–बेला आउने जाने क्रम गरिरहेका कार्की सधैँका लागि अस्ताएपछि परिवारजन यतिबेला बिक्षिप्त रहेका छन् ।२०३३ सालमा जन्मिएका कमलका एक श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन् ।मृतक कार्की मनबहादुर कार्कीका एकमात्र पुत्र रहेको परिवारजनले जनाएका छन् ।

Related Articles

Back to top button