समाचार

सर्वसाधारणको लापरवाही बढेको भन्दै आजबाट निषेधाज्ञा लागू

काठमाडौ । चाडपर्व नजिकिएसंगै बढेको चहल पहलले कोरोनाको जोखिम बढाएको भन्दै आजबाट मोरङमा निषेधाज्ञा लागू गरिएको छ। पछिल्लो समय सर्वसाधारणको लापरवाही बढेको भन्दै प्रशासनले निषेधाज्ञा लागू गरेको हो । त्यस्तै झापा र सुनसरीमा भने एकदिनअघिबाट नै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेका हुन्। त्यस्तै पार्टी प्रवेशका नाममा गरिने राजनीतिक दलका कार्यक्रमले पनि जोखिम बढाएको भन्दै प्रशासनले सतर्कता अपनाएको हो ।

प्रदेश १ को सबैभन्दा बढी संक्रमित देखिएको जिल्ला मोरङमा आजदेखि कार्तिक १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ। चाडपर्व र परम्पराका नाममा गरिने पूजापाठ कार्यमा संलग्न हुँदा हुने भीडभाडलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए। मोरङमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्मका निषेधाज्ञा लागू हुनेछ।

अहिले गरिएको निषेधाज्ञा दशैं तिहारका समयमा हुने विशेष भिडभाडलाई रोक्ने उद्देश्य रहेको प्रशासनले जनाएको छ । ‘त्यतिमात्र होइन शुभकामना आदानप्रदान भन्दै राजनीतिक विभिन्न संगठनका नाममा गरिने ठूलाठूला कार्याक्रमलाई पनि रोकिएको प्रशासनको भनाई छ ।

त्यसै गरी साँझ ८ बजेदेखि विहान ५ बजेसम्म राजमार्गमा चल्ने बाहेक लामो दुरीका बाहेक अन्य आवात जावतमा रोक लगाइएको छ। सो समय पसल, होटेलदेखि मानिसको आवत जावत समेत बन्द गरिएको छ।

Related Articles

Back to top button