समाचार

सुर्खेतबाट दैलेख जाँदै गरेको बस दुर्घटना

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको बस मंगलबार कर्णाली राजमार्गको तल्लो डुंगेश्वर नजिकै दु,र्घटना हुँदा चालकको मृ,त्यु भएको छ। दु,र्घटनामा १४ जना यात्रु घा,इते भएका छन्।

मध्यपश्चिम यातायातको ना.३.ख. ५५१९ नम्वरको बस सडकमा रोकिराखेको टिप्प,रमा ठोक्किदा वीरेन्द्रनगर नगरपालिकाका बस चालक ललित नेपालीको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बसको ब्रेकफेल भएर सडक किनारमा रोकिराखेको टिप्प,रमा ठो,क्किएको प्रा,रम्भिक अनुस,न्धानबाट खुलेको छ।

बसमा सवार घाइते १४ जना यात्रुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

Related Articles

Back to top button