विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना विद्यार्थीको मृत्यु
दार्जुलाको नौगढ गाउँपालिका ४ स्थित गणेश विनायक माध्यमिक विद्यालयको सेफ्टीट्यांकी भासिँदा चार जना बालबालिकाको मृत्यु भएको छ।दार्जुला प्रहरीका अनुसार विद्यालय ग्राउन्डमा रहेको शौचालयको सेफ्टीट्यांकी भासिँदा चार विद्यार्थी बालबालिकाको मृत्यु भएको हप्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीका अनुसार अपराह्न करिब चार बजे सेफ्टीट्यांकीमाथि खेलिरहँदा ट्यांकी भासिएको थियो र सो घटनामा चार बालबालिकाको मृत्यु भएको होमृत्यु हुनेमा कक्षा २ मा पढ्ने ८ वर्षकी निरुता ठगुन्ना, कक्षा २ मै पढ्ने ८ वर्षकी अनिसा धामी, कक्षा १ मा पढ्ने ६ वर्षका सुधीर धामी र बाल कक्षामा पढ्ने वर्ष ५ की युनिका ठगुन्ना छन्अपरान्ह ४ बजेतिर खेल्दै विद्यालय पुगेका उनीहरु पुरानो शौचालयको खाल्डोमा खसेका थिए। अभिभावकले छोराछोरी घर नआएपछि खोज्ने क्रममा खाल्डोमा खसेको अवस्थामा भेटेका थिएविद्यालयका शिक्षक जगतसिंह चैसिरले खाल्डोमा खसेका चारै जना विद्यार्थीको शव खाल्डो बाहिर निकालिएको सेतोपाटीलाई बतापुरानो शौचालयको खाल्डोमा बालबालिका परेछन्। खाल्डोमा पानी थिएन तर निस्सासिएर उनीहरुको मृत्यु भयो,’ उनले भने, ‘खाल्डो छोप्ने सिमेन्टको ढक्कन थियो त्यो पनि खाल्डोमा खसेछ।’सो घटनामा अन्य केही बालबालिका परेको र घाइते भएको जानकारी आएको छ। तर, यसबारे औपचारिक जानकारी नआएको शाहीले बताए। ‘फोन सम्पर्क हुन सकेको छैन, उद्धार कार्य भइरहेको छ, घटनामा के कति मानवीय क्षति भएको भन्ने पूरा
विवरण प्राप्त भइसकेको छैन,’ शाहीले सेतोपाटीसँग भने।उनका अनुसार स्कुलको कम्पाउन्डमै रहेको शाैचालयको सेफ्टीट्यांकी जीर्ण थियो। प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६, ०७:०२:००रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमती भएको भन्दै गएको मंसिरदेखि कोठा लिएर बसेको सुइको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान कविराज श्रेष्ठ मिलेर दुवैलाई गएराति साढे एघार बजे कोठाबाट पक्राउ गरेका हुन । पक्राउ परेका दुवै महानगरिय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए । उनीहरु विरुद्ध सोमबार बहुबिवाह मुद्धा दायर गर्ने कृष्णमाया माझीले बताईन ।कुभिण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुवईमा थिए । उनले श्रीमतीको बारेमा गाईगुई सुनेका थिए । २० दिन अघि काठमाण्डौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन । परिवारका केहि सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो । सिनामगंगलको होस्टलमा छोरा राखेको थाहा पाए । श्रीमतीसंग सम्पर्क कायम गर्नका कयौं प्रयत्न गरे तर सकेनन । सिन्धुली तिनपाटन माईती भएकी २७ वर्षीया श्रीमतीलाई कविराजले सिन्धुलीमै छोडेर विदेश गएका थिए ।उता केहि वर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजि गरिरहेकी थिईन । काठमाण्डौंमा
एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर खोज्न थाले । भक्तपुरको चारदोवाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरुको भएको कोठामा पुगे । बाहिर माझीको मोटरसाईकल राखिएको थियो । कृष्णमायाले मोटरसाईलक चिनेतपछि प्रहरीलाई बोलाइन् । प्रहरी आएपछि कोठा खोल्न लगाउदा दुवै सगैं भेटिए । श्रीमान श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केहि तस्विरहरु पनि कोठामा सजाएको भेटिएको छ ।गोपाल माझी र कृष्णमायाका ८ वर्षीय छोरा छन । उनी गोपालसगैं छन । कृष्णमाया ४ वर्ष देखि माझीसंग छैनन् । ‘मलाई कम्ती सास्ती दिएको छैन’ माझी भन्छिन्– ‘मैले पहिले देखिनै गाईगाई सुनेकी थिए, प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिईन, अब प्रमाण भेटे मुद्धा हाल्छु ।’ गोपाल र कृष्णमाया बेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध बिच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन् ।कृष्णमायाका अनुसार ४ दिन अघि गोपालले ती महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए । गोपालले नयाँ घर बनाएर बसेका छन् । गृह प्रवेशका अवसरमा ती महिला पनि आएकी थिईन । आईतबार उनले बहिनीसंग गाडीमा ती महिलालाई काठमाण्डौं पठाएका हुन् । त्यसको केहि घण्टा पछि आफु मोटरसाईकलमा काठमाण्डौं हिडेका थिए। ‘घर प्रवेश भने पनि त्यसले बिबाहको भोग गरेको हुनुपर्छ ’–कृष्णमायाले भनिन् ।
साभार – नारायणी अनलाइन