समाचार

.महानवमीको दिन मुटु काप्नने दुर्घटना : घलेको ज्यान गयो

काठमाडाैँ, ९ कार्तिक । गएराति ललितपुरमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ललितपुरकाे नख्खुमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।मृत्यु हुनेमा मोटरसाइकल चालक रहेका छन् । घटनामा अर्का एक जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । कारकाे ठक्करबाट मृत्यु हुनेमा सिरहा घर भएका २८ वर्षीय इलु घले रहेकाेको खुलेको छ ।दुर्घटनामा घाइते भएकाकाे पनि पहिचान खुलेकाे छ । मकवानपुर हात्तीसुढे घर भइ हाल ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सञ्जित परियार गम्भीर घाइते भएका हुन्। उनी मोटरसाइकलकाे पछा डि बसेका थिए ।प्रहरीका अनुसार हाल घाइतेकाे पाटन अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको छ महो

त्त री : महोत्तरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।रामगोपालपुर नगरपालिकास्थित रामगोपालपुर र गोठब नौली को बीचमा विपरीत दिशाबाट आउँदै गरेको दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।रामगोपालपुरदेखि गोटवनौलीतिर जाँदैगरेको ज१०प ३३९१ नम्बरको मोटरसाइकल र गोटवनौलीदेखि रामगोपालपुरतिर आउँदै गरेको ज९प ८४६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा ज१०प ३३९१ नम्बरको मोटरसाइकलमा सवार रामगोपालपुर ५ कञ्‍चनपुर बस्ने २० वर्षीय लालबाबु मण्डल गम्भीर घाइते भएका थिए।घाइते मण्डलको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जानकारी दिए। मृतकको शव पोष्टम्यार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ र घटनाबारे छानविन भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button