समाचार

बडादसैंको दिन आज भएको सडक दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । बडादसैंको दिन आज भएको सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।सप्तरीको कञ्चनपुर नगरपालिका–८ बेरियरमा सोमबार दिउँसो मोटर साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ प ९१३९ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो ।मोटर साइ कलले मोरङ उर्लाबारीका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठसँगै मोटरसाइकल चालक कञ्चननपुर नगरपालिका–४ का २५वर्षी य मुकेश सिंहको पनि मृत्यु भएको छ ।उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले जान कारी दिनुभयो । दुर्घटना बिहान साढे ११ बजे भएको थियो ।काठमाडौं, ३० भदौ । जिल्लामा सिडिओ र प्रहरी प्रमुखको सरुवामा नेताहरुको चलखेल हुन्छनै

कतिपय अवस्थामा धर्मगुरुहरु समेत सक्रिय हुने गरेका छन् । धर्मगुरुकै कारण बाग्लुङका एसपी शारदा प्रसाद चौधरी पाँच महिनामै सरुवा भएका छन् स्वा मी कमलनयन आचार्यको कारण उनको सरुवा भएको हो ।आचार्यकै योजनामा बाग्लुङको पञ्चकोटमा धाम निर्माणको काम भइरहेको छ । धाम निर्माणका लागि करिब १८ करोड संकलन भइसकेको छ । सो पैसामा अनियमितता भएको विषयमा विवाद भइरहेको छ ।धाम निर्माणका लागि ऋषि प्रपनाचार्यको अध्य क्षतामा सञ्चालक समिती रहेको छ । त्यहाँ नजिकै मुक्तिनाथ बेदबिधाश्रम पाठशाला समेत रहेको छ । त्यहाँ दलित बिद्यार्थी पनि पढ्न पाउनुपर्ने भन्दै विवाद भएको थियो । विश्व हिन्दु संगठनका नेता चन्द्रकान्त पौडेलले दलितका बिद्यार्थी पनि पढाउनुपर्ने बताएका थिए । तर, प्रपन्चार्यले त्यसको विरोध गरेपछि विवाद भएको थियो । दलितमाथि जातीय छुवाछुत गरेको विवाद भएपछि घटना प्रहरीसम्म पुग्यो र पछि मिलापत्र भएको थियो । एसपीको सरुवा हुनुको कारण यही

रहेको बताइएको छ ।पछि पौडेलले सो विषयमा सामाजिक सञ्चालनमा केही स्थानीयविरुद्ध स्टाटस लेखेपछि विवाद भएको थियो । गत २४ गते पौडेल पक्राउ पनि परे । पछि माफि मागेर उनी सहमतिमा छुटेका थिए । एक समूह पौडेललाई थुनाउन लागिपरेको थियो । सो कुरा नमानेपछि एसपीविरुद्ध कमलनयन आचार्य प्रयोग गरी सरुवा गरिएको स्रोत बताउँछ । कमलनयन आचार्यको प्रचण्ड लगायतका ठूला नेतासँग कनेक्सन छ ।साथै केही स्थानीय नेता र बिचौलिया सँग साँठगाँठ नहुँदा पनि उनी सरुवामा परेको चर्चा बाग्लुङमा छ स्थानीय बिचौलिया सोम पाठक पनि एसपीविरुद्ध लागेका थिए । आफ्नो सिफारिस नमानेको भन्दै प्रदेश सांसद इन्द्रलाल सापकोटाले पनि एसपीविरुद्ध माथिल्लो निकायका कुरा लगाएका थिए ।एसपी चौधरीका पनि केही कमजोरी थियो । उनी कार्याल यमा भन्दा धेरै समय क्वाटरमा बस्दथे । जसकारण सिडिओ सुरेश न्यौपानेसँग पनि सम्बन्ध बिग्रिएको थियो । बाग्लुङमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ । उनी यसअघि जिप्रका मकवानपुर तथा कमलपोखरी वृत्त हुँदा कारबाहीमा परी सरुवा भएका थिए । इन्सपेक्टरमा त उनी निलम्बनमै परेका अधिकृत हुन् Source:dristinews

Related Articles

Back to top button