समाचार

दसैंमा विदेश बाट आएका आफन्तको हातबाट टीका थाप्न गएका ३ जनाको घटनास्थलमै मृत्यु

खोटाङमा सोमबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उ
द यपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानी
मा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भईसडकबाट झन्डै साढे २ मिटर तल खसेको थियो।विदेशबाट आएका आफन्तलाई भेट्न उनीहरू ट्याक्सी रिजर्भगरी खोटाङ जान लागेका थिए। दुर्घटनामा परी बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डी

गढनगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको हो।बृहस्पतिकै श्रीमान २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहा पोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि स्थानीयले उनीहरूको उद्धार गरी अस्पताल पठाएका थिए। अहिले उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

Related Articles

Back to top button