समाचार

।भविष्यवाणी ठूलै भूकम्प भूकम्प आएन

भूकम्प आउँछ भनेर भविष्यवाणी गर्ने एक ज्योतिष पक्राउ परे । उनले देशमा ठूलै भूकम्प आउनेवाला छ भनेर भविष्यवाणी गरिदिएछन् । तर भूकम्प आएन । भूकम्प नआएको आरोपमा उनी पक्राउ परे । अहिले थुनामा छन् ।भविष्यवाणी गर्दा कहिलेकाहीँ नमिल्न सक्छ । प्रधानमन्त्रीले गरेका कति भविष्यवाणी त नमिलीकन हावामा उडेको हामीलाई थाहै छ । जस्तो, उनले एक वर्षअघि मात्रै काठमाडौँमा मोनो रेल कुद्ने भविष्यवाणी गरेका थिए, तर कुदेन । जनताको घरघरमा ग्यासको पाइप आउने भविष्यवाणी पनि गरेका थिएन, त्यो पनि आएन । टिकट लिइराख्नू, अब पानीजहाज आउनै लाग्या छ भन्ने भविष्यवाणी पनि गरेका थिए, त्यो पनि आएन । (पानीजहाजवाला भविष्यवाणी आधासम्म मिलेको थियो । किनकि जनताको घरै डुब्ने गरी पानीचाहिँ आयो, जहाज मात्रै नआएको हो ।) उनले अब देशमा भ्रष्टाचार निर्मूलै हुने भो भनेर पनि भविष्यवाणी गरेका थिए, त्यो पनि भएन ।अब दुई तिहाइ बहुमतले सुसज्जित शक्तिशाली प्रधानमन्त्रीले गरेको भविष्यवाणी त फेल खान्छ भने यी ज्योतिष भाइ के पो हुन् र ? एउटा भविष्यवाणी फेल खायो भन्दैमा समाउनैपर्छ ? त्यसो हो भने पटक–पटक भविष्यवाणी फेल खाएका प्रधानमन्त्रीलाई कति पटक समाउने ? त्यही भविष्यवाणी दोहोर्‍याउने मन्त्रीहरुलाई कति पटक समाउने ? कसैले भन्न सकप्रकाशित: जेष्ठ २७, २०७६लन्डन — प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो ।बेलायती प्रधानमन्त्री मेले राजीनामा दिइसकेकाले नेपालका प्रधानमन्त्रीको १७ वर्षपछिको बेलायत भ्रमणमा कुनै पनि किसिमको सम्झौता हुन

सकेन। ‘सहयोगभन्दा पनि मित्रराष्ट्रबीच सहयोग सुदृढ गर्ने कुरा महत्त्वपूर्ण हो,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘बेलायतको सहयोग निरन्तर भई नै रहेको छ। हामीले यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोग गर्न जोड दिएका छौँ।’प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको व्याख्या गर्दै राजनीतिक संक्रमणपछि नेपाल आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए। परराष्ट्रमन्त्रीका अनुसार उनले नेपालको विकास प्रयासमा अझ बृहत्तर सहयोग गर्न बेलायतसँग आग्रह गरेका थिए। विकासका साथै प्राकृतिक विपत्ति जस्तै भूकम्पका बेला बेलायतको सहयोगप्रति आभार व्यक्त गरेका थिए।बेलायती समकक्षी मेले परिवर्तनका लागि नेपाललाई बधाई दिँदै बेलायतको सधैँ दृढ समर्थन र ऐक्यबद्धता रहेको विश्वास दिलाएकी थिइन्। दुवै मुलुक राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य भएका नाताले मानवअधिकारका विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री ओलीले गोर्खा समस्याबारे कुरा उठाएका थिए। उनले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गरी गोर्खा सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न मेलाई ध्यानाकर्षण गराएका थिए। गोर्खाहरू बेलायत-नेपाल सम्बन्धको अत्यन्त महत्त्वपूर्ण कडी भएकाले उनीहरूको समस्याबारे छलफल गरेर अगाडि बढ्ने आश्वासन मेले दिएको मन्त्री ज्ञवालीले बताए।भेटमा ओलीले कूटनीतिक सम्बन्ध स्थापनाको दुई शताब्दी बढी समयमा पनि बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण नभएकोप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय भ्रमण शृंखला जोड्न आग्रह गरेका थिए। प्रत्युत्तरमा मेले आफ्ना उत्तराधिकारीले भावी

दिनमा भ्रमणलाई प्राथमिकता दिने जनाएकी थिइन्।यसैबीच, प्रधानमन्त्री ओलीले बेलायती राजकुमार हयारीसँग पनि मंगलबार भेट गरे। केन्जिङटन प्यालेसमा भएको आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। भेटमा ओलीले प्रिन्स हयारीलाई भूकम्पका बेला गरेको सहयोगप्रति धन्यवाद दिएका थिए। करिब दुई वर्षअघि नेपाल भ्रमण गरेका हयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका छन्।अफगानिस्तानमा गोर्खा सैनिकहरूसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको खुलेर प्रशंसा गर्दै आएका छन्। भूकम्प गएको झन्डै एक वर्षपछि नेपाल पुगेका हयारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोरखामा गाउँलेहरूसँगै ढुंगा र माटो बोकेर विद्यालय पुनर्निर्माणमा सघाएका थिए।ओली र बेलायतका प्रमुख प्रतिपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनबीच पनि भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीसँग भूपू ब्रिटिस गोर्खा र गैरआवासीय नेपालीले दूतावासमा बेग्लाबेग्लै भेट गरी समान पेन्सन मुद्दा र दोहोरो नागरिकताका सवालमा छलफल गरेका थिवीरगञ्ज । सशस्त्र प्रहरीले अनौठो सर्पसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको भगालपुर भोलेनाथनगरी १७ बस्ने २७ बर्षका अमित कुमार रहेका छन् ।भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका१६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको हो ।। सर्प छोड्नका लागि सशस्त्र प्रहरीलाई २० हजार रुपैयाँको अफर गरेको भए पनि रकम नलिई नियन्त्रणमा लिएको बताइएको छ ।अमितले ल्याएको सर्पको दुवैतिर टाउको जस्तै देखिन्छ । सर्पसहितको मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी भइरहेको छ ।हुलास मोर्टसले नेपालमा ६ महिनाभित्रै विद्युतीय कार उत्पादन गर्ने भएको छ।बिराटनरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णको काम अन्तिम चरणमा पुगेको हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द्र दासले जानकारी दिए।कम अन्तिम चरणमा छ। अवस्था सामान्य रहे ६ महिनामा हाम्रो कार तयार हुन्छ’ दासले सेतोपाटीसँग भने ‘उत्पादित कार सुरुमा देशका विभिन्न शहरमा टेस्टिङका लागि चलाउँछौँ त्यसपछि बल्ल मास प्रोडक्सनमा जान्छौँ।’यी कारको राम्रो अप्सन सहित मूल्य १५ देखि १८ लाखसम्म पर्नसक्ने उनले जानकारी दिए।हुलासले बनाउने विद्युतीय कार ‘फुल चार्ज’मा १६० देखि १७० किलोमिटरसम्म गुड्न सक्ने क्षमताको हुने दासले बताए। अरु विद्युतीय कारको तुलनामा मूल्य कम हुने दावी गर्दै उनले महिनामा १५ वटा जति बिक्री गर्ने लक्ष्य लिइएको बताए।उनका अनुसार यसमा लिथियम आयन ब्याट्री प्रयोग गरिने छ भने स्पेयर पार्ट सिधै चाइना बाट आयात हुनेछ। हुलासले विद्युतीय कार बनाउन अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय कम्पनीसँग सहकार्य गरेको छैन। कुनै राम्रो कम्पनीले प्रस्ताव गरे विचार गरिने उनले बताए।‘हामी पहिले नेपालमा बेच्न केन्द्रित हुनेछौँ, प्रतिकृया राम्रो आए निर्यात पनि गर्न सक्छौँ’ उनले भने। प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६, ०४:२६:००

Related Articles

Back to top button