समाचार

बालिका बलात्कार गर्ने पूर्व प्रहरी खरेल कञ्चनपुर मा पक्राउ

काठमाडौं । सात वर्षीया बालिका बलात्कार गर्ने तिनकुनेका पूर्व प्रहरी राजु खरेल जेल चलान भएका छन । जिल्ला अदालत काठमाडाैँले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो । घरमा काम गर्ने रामेछापकी माझी थरकी महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेर खरेल फरार भएका थिए ।परिवारका सदस्यले खरेलले बलात्कार गरेको विषय जानकारी पाएर क्रस्चियन धर्मको अाडामा बलात्कारको घटना गुपचुप मिलाउने गरेको कोशिश असफल भएपछि उनी फरार भएका थिए । उनी भागेर पनि धेरै टाढा जान सकेनन् कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेर ल्यायो । खरेलले कर्तुत स्वीकार गरेका छन भने उनको परिवारले अारोप अस्वीकार गर्दै अाएको छ ।अदालतको आदेशपछि खरेललाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले जानकारी दिएका छन । खरेलविरुद्ध १८ वैशाखमा बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् ।काठमाडौं । नेपाल एक अविकसित र भुपरिवेष्टिक राष्ट् हो । यहाँ खुल्ला सिमानाको साथै भारतियको ज्याजति बढिरहेको विषयलाई मध्यनजर गर्दै जाँदा नेपाल प्रहरीको दायित्व दिनानुदिन बढिरहेको छ । आधुनिकताका साथै पश्चिमी शैलीका कारणले गर्दा नेपाली समाजमा विभिन्न विकृति फैलिरहेको छ ।विज्ञान र पैविधिको विकास, बिस्तार तथा विश्वव्यापिकरण कारण अपराधका नयाँ स्वरुप र प्रकृयाको सामना गर्नु परिरहेको छ । अपराध गर्ने शैलि झन जटिल बनिरहेको छ । यहाँ संस्थागत गुण्डागर्दी शुरु भैरहेको छ । अपराध र अपराधिहरु

संगठित हुन थालसिकेका छन् । यी सबैै भोलीको लागि खतरानाक संकेत हुन् । देशको लागि आहुति दिन सक्ने थुप्रै प्रहरी रहेका छन् ।कतिपय प्रहरीहरु गुण्डागर्दी नियन्त्रणमा ‘लिनीयन्ट’ देखिन्छन् भने कतिपय आक्रामक । त्यसमध्ये हालका आइजिपी सर्वेन्द्र खनाल एक असल र गुण्डाप्रति आक्रामक देखिएका प्रहरी हुन् । आम प्रहरी अधिकृतभन्दा फरक शैली र स्वभावका सर्वेन्द्रको तत्काल देखि नै बेग्लै पहिचान थियो । तस्बिर आफैं बोलछ भनेझैं सर्वेँद्रको विगत गुण्डागर्दी नियंत्रणको लागि काफि छ ।दरबारमार्गमा कार्यरत हुदाँ उनले राजसंसथा हुदाँ कै अवस्थामा तत्कालीन युवराज दिपेन्द्र दाहिने हात भनौदा गुण्डालाई पनि जेलमा कोचेका थिए । काठमाडौं जिल्ला प्रमुख हुदाँ कै बेलामा समाजमा कुलंघार गुण्डाहरु को-को हुन् भने र गुण्डालार्ई कुकुरझै लखेटेका थिए ।उनकै कामको कुरा गरिहँदै गर्दा राजधानी स्थित एक कार्यक्रममा उनले गुण्डाप्रति कटाक्ष गरेका छन् । समाज जुन तरिकाले गुण्डागल्र्दी फैलिरहेको छ त्यसरीनै त्यसलाई निर्मुल पार्ने बताएका छन् । गुण्डागर्दीलाई साम्य पार्नको लागि नेपाल प्रहरीले कुनैपनि ठाउँमा नहच्किएकोबताउक छन् ।गुण्डा भन्नेहरु मेरो अगाडी आउन् अब देखि गुण्डागर्दि गर्दीनँ भन्ने बनाएर पठाउने उनले बताएका छन् । गुण्डाहरु अब कुकुरझैं मर्ने बताएका छन् । गुण्डाहरुले टाउको बलियो बनाएर बसे हुन्छ नत्र प्रहरीको अगाडी पर्यो भने फुट्ने चेतावनि दिएका छन् ।नयाँ दिल्ली-भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहितवेपत्ता

भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन्विमानको भग्नाबशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको भारतीय अधिकारीले बताए ।तत्कालिन सोभियत सङ्घमा निर्मित भारतीय हवाई बल (आइएएफ) को एमआई–१७ हेलिकोप्टर गत जुन ३ गते चालकदलका आठ र पाँच सर्वसाधारण यात्रु लिएर उडेको करिब ३५ मिनेटपछि विमानस्थलसँग सम्पर्कविच्छेद भएको थियो । आइएएफले ट्वीटरमार्फत सम्प्रेषण गरेको सन्देशमा भनिएको छ, “ गत जुन ३ मा वेपत्ता विमान एएन–३२ को भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाईमा भारतीय हिमाली क्षेत्रमा भेटिएको छ । विमानको भग्नावशेष भेटिएसँगै विमानमा रहेका चालक दलका सदस्य र सर्वसाधारण यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास जारी रहेको छ,” आइएएफको ट्वीटर सन्देशमा उल्लेख छ । वेपत्ता विमानको खोजी प्रयासमा कठिनाई भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैँयाको पुरस्कार घोषणा गरेको थियो ।प्रशासनले उक्त क्षेत्रका गाउँले प्रमुखलाई खोजीका लागि समूह बनाएर विमान वेपत्ता भएको अनुमान गरिएकोे मेचुका जङ्गल क्षेत्रमा जान निर्देशन गरेको थियो ।सन् २०१६ मा पनि चेन्नईबाट अन्दामन र निकोबार टापूतर्फ उडेको विमान बङ्गालको खाडीमाथिबाट २९ जना यात्रुसहित वेपत्ता भएको थियो जसकोे बारेमा अहिलेसम्म कुनै जानकारी भेटिएको छैन ।-एएफपी

Related Articles

Back to top button