अन्तर्राष्ट्रिय

।नदीमा खसेको विमानका सवार १४३ यात्रु सबै सकुशल

एएफपी मियामी : अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्।विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो। यो चार्टर्ड विमानको सञ्चालन मियामी एयर इन्टरनेशनलले गरेको थियो। उक्त विमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो।विमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सीएनएनसँग विमान जमिनमा बेसरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताए। उनले आफूहरू पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताए। उनले एकछिन त विमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाए। उनले नदीमा विमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि जानकारी दिए। ज्याक्सनभिल्ले नौसैनिक हवाई अड्डाका कमान्डिङ अधिकृत क्याप्टेन मिसेल कोन्नोरले विमान दुर्घटनामा कसैको ज्यान जोखिममा नपरेकामा चमत्कार भएको प्रतिक्रिया दिए।उक्त ७३७–८०० विमान १८ वर्ष

पुरानो हो। अमेरिकी विमान कम्पनी बोइङ पछिल्ला दिनमा ७३७ म्याक्स सिरिजका विमान दुर्घटनाका कारण ठूलो संकटमा छ।एजेन्सी। बेलायतको सबैभन्दा ठुलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेट सीट लगाइने भएको छ । यो ट्वाइलेट सीट त्यहाँ लगाइने छ जहाँ युनाइटेड किंगडम (ब्रिटिस) का पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलको जन्म भएको थियो ।सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका चर्चिलको जन्म भएको ठाउँमा बनाइने उक्त सुनको ट्वाइलेट त्यहाँ जाने आगन्तुकहरुले समेत प्रयोग गर्न पाउने छन् । यसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को वल्र्ड हेरिटेजमा समेत राखिएको छ । ब्लेनहीम प्यालेस पूर्व प्रधानमन्त्री चर्चिलको घरसमेत हो।यो ट्वाइलेट उपयोग गर्न पाइने भएपछि ब्लेनहीम आर्ट फाउण्डेशनका संस्थापक स्पेन्सर चर्चिलले भनेका छन् ‘म चाँदीको चम्चा मुखमा लिएर जन्मेको थिए, तर कहिलै सुनको ट्वाइलेट प्रयोग गरेको छैन ।’ ट्वाइलेट प्रयोग गर्नका लागि लाइन लाग्ने या टिकट किन्नु पर्ने हुनसक्नेछ । यो कुरा टुंगो नलागेको उनले बताएका छन् ।मार्लबारो परिवारका वर्तमान सदस्यहरुका लागि यो नयाँ सुविधा हुनेछ । यीनका वंशज विगत ३०० वर्षदेखि ब्लेनहीम प्यालेसका सेवा-सुविधको उपभोग गर्दै आएका छन् । यो ट्वाइलेट सीटलाई थुप्रै मानिसहरूले हेरेका छन्। धेरैले यो सीटसँगै फोटो लिएर सामाजिक सञ्जालमा समेत सेयर गरेका छन् ।

Related Articles

Back to top button