समाचार

पोखरा–प्रहरी र लागु औषध कारोबारी बीच गोली हानाहान

पोखरा– पोखराको अमरसिंहचोक नजिकै रहेको उत्तमचोकमा प्रहरी र लागु औषध कारोबारी बीच गोली हानाहान भएको छ । अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो । चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् । घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् ।उनको पार्कल्याण्ड अस्पतालामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कासकीका प्रमुख दानबहादुर कार्कीले रातोपाटीलाई बताए । २८ जेठ, विराटनगर । प्रहरीले सोमबार साझ विराटनगर-९ मा रहेको एक गेस्टहाउसमा बास बसेका व्यक्तिको साथमा हतियार रहेको सूचना पायो । प्रहरीले पाएको सूचनाअनुसार होटेलमा हतियारसहित दुईजना थिए । सोमबार राति नै प्रहरी होटलमा पुग्यो

प्रहरीले लोड गरिएको दुईवटा पेस्तोल र गोलीसहित भारत सितामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई मात्रै पक्राउ गर्‍यो । तर, उनीसँगै रहेका अर्का व्यक्ति भने फरार भएको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले नियन्त्रणमा लिएका सिंह जोगवनी हुँदै विराटनगर प्रवेश गरेका हुन् । प्रकाउ परेका सिंह र फरार रहेका भारतीय नागरिक आइतबार दिउँसो विराटनगर आएको प्रहरीले बताएको छ ।प्रकाउ परेका सिंह होटलमा सोमबार दिउँसो साढे १ बजे पुगेका थिए । विराटनगर सिमावर्ती क्षेत्र रानीबाट तीन तहको सुरक्षा घेरा (नेपाल प्रहरी, सशत्र र अनुसन्धान) तोडेर विराटनगर आएर आएका थिए ।शंकास्पद व्यक्ति बसेको सूचना पाएपछि होटेलमा पुगेको प्रहरीले राति साढे ८ बजे सिंहको कोठामा छापा हानेको थियो । सिंहको साथबाट २ थान पेस्तोल, पेस्तोलमा लोड भएको ५ राउण्ड गोली र सिंहले लगाएको पाइन्टको दाहिने गोजीमा थप ३ राउण्ड गोली फेला पारेको थियो ।सिंहको साथमा रहेका अर्का व्यक्तिको पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार सिंहलाई अर्का व्यक्तिले विराटनगर ल्याएका हुन् ।प्रहरीसँगको बयानमा सिंहले विराटनगरको विषयमा जानकारी नभएको

बताएका थिए । फरार रहेका भारतीय नागरिकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।फरार रहेका व्यक्तिको खोजीका क्रममा प्रहरीले सोमबार विराटनगरका संकास्पद होटलमा छापा मारेको थियो तर शंकास्पद होटलमा नभेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।प्रहरीले लोड गरिएको पेस्तोलसहित विराटनगर आउनुको कारण खोजी गरिरहेको डीएसपी श्रेष्ठले बताए ।प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेका व्यक्ति भारतीय साफ सुटर हुनसक्ने बताइएको छ । अनुसन्धान गरिरहेको प्रहरीसँग बयानमा सिंह खुलेका छैन् । प्रहरीले उनको साथबाट भेटिएका कागजात र अन्य प्रमाणहरु अध्ययन गरिरहेको छ ।सिंहले अनुसन्धान अधिकृतसँग गरेको व्यवहार र लोड गरिएको पेस्तोल बोकेका कारण सुटर भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ । तर,अनुसन्धानको दायरा फराकिलो पारिएको डीएसपी श्रेष्ठ बताउँछन् ।सिंह कसैलाई हतियार बुझाउन आएको पनि हुन सक्ने प्रहरीको अनुमान छ ।पक्राउ परेका सिंहविरुद्ध मुलकी अपराध संहिता २०७४ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरेको श्रेष्ठले बताए ।

Related Articles

Back to top button