समाचार

प्रधानमन्त्री केपी शर्मा ओली सवार हेलिकप्टर आकस्मिक ‘ल्यान्ड’

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सवार हेलिकप्टर आकस्मिक ‘ल्यान्ड’ गरिएको छ । हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण गरिएको बताइएको छ । ताप्लेजुङको घुन्साबाट इलामको जौबारीको लागि उडेको होलिकोप्टर खराब मौसमका कारण त्यहाँ बस्न नसकेपछि विराटनगर विमानस्थलमा अवतरण भएको हो ।

पर्यटमन्त्री योगेश भट्टराई, नेकपाका नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहितका नेता विमानस्थलको विशिष्ट कक्षसम्म आएका थिए भने प्रधानमन्त्री हेलिकोप्टरबाट ओर्लिएनन् ।

हेलिकप्टरमा प्रधानमन्त्री ओली र मन्त्रीहरु सवार थिए ।

इलामको सन्दकपुर गाउँपालिकाको जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी० निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ । मौसममा खराबी आएपछि प्रधानमन्त्री ओली चढेको हेलिकप्टर इलाममा ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्द गरिएको हो ।

कार्यक्रम रद्द भएसँगै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा भेला भएका कार्यकर्ता, स्थानीय, जनप्रतिनिधिलगायतका सहभागी निराश भएर फर्किएका छन् । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा परिचालित गरिएको थियो ।

कार्यक्रमका लागि स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालय प्रमुख, पत्रकार, स्थानीय गरी पाँच सयभन्दा बढीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ

Related Articles

Back to top button