समाचार

मोटरसाइकल दुर्घटनामा परि प्रवीणको मृत्यु

रौतहटमा मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी हबल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका ६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत रहेका थिए ।

उनले आफै चलाइरहेको ना.६ प ७४२२ नम्बर मोटरासईकल अनियन्त्रित भएर रौतहटको बौधिमाई नगरपालिका ९ स्थित सडकमा शनिबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३५ वर्षीय राकेश सिंहको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button