समाचार

भिरबाट जिप खस्दा पाँचजनाको घटनास्थलमै मृ’त्यु

गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृ’त्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृ’त्यु भएको हो।इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जिपमा सवार तीनजना पुरुष र दुईजना महिलाको घटनास्थलमै मृ’त्यु भएको बताए। जिपमा सवार एकजना बेपत्ता छन् भने अर्का एकजना घाइते भएका छन्।जिप टुक्राटुक्रा परेकाले बेपत्ता व्यक्ति भिरमै कतै अड्किएको हुन सक्ने प्रहरीले जनाएको छ ।मृतकहरूको सनाखत हुन सकेको छैन। घटनाबारे पूरा विवरण आउन बाँकी

छ।प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरमा राेग प्रतिरोधी क्षमताकाे विकास गर्नमा बेसारजस्ता आयुर्वेदिक औषधिकाे प्रयाेग बढाउन आफूले गरेको आग्रहकाेमजा क नउडाउन आग्रह गर्नुभएकाे छ ।आइतबार अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले केही बुद्धिजीवीहरूले बेसारजस्ता औषधिजन्य पदार्थकाे मजाक उडाएकाेमा चित्त दुखाउनुभयाे । सनातन रूपमा हाम्राे भान्सामा प्रयोग हुँदै आएका बेसार, अदुवा, मेथीजस्ता औषधिजन्य मसला ऋषिमुनि र आयुर्वेदिक खोज एवं प्रयोगबाट प्रमाणित भएका हुनाले यसलाइ हल्का रूपमा नलिन अनुराेध गर्नुभयाेउहाँले भन्नु भयाे, ‘कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ । आयुर्वेद र योग असाधारण औषधि हुन्, यिनको प्रयोग गराैँ ।’

प्रधानमन्त्री ओलीले थप भन्नुभयाे, ‘मानव जातिको सर्वाेपरी आकांक्षा पूरा गर्ने अभियानमा हामी लागिरहेका छौँ। मानव हुनुको सार्थकता र कर्तव्य पूरा गरौँ। हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पमा छौँ।’ उहाँले नेपालको उर्वर, जीवनमय र औषधिमय प्रकृति भए पनि नेपाल गरिबीमै परेकाे बताउँदै अब यसलाई बदल्नुपर्ने र समृद्ध नेपाल बनाउनुपर्ने बताउनुभयाे ।व्यायाम, प्राणायम र ध्यान मिलेपछि पूर्ण योग बन्ने बताउँदै उहाँले योगबाट शरीरलाई स्वस्थ्य र बलियाे बनाउनेमा जाेड दिनुभयाे । साथै राेग प्रतिराेधी क्षमता बढाउन समेत याेग र आयुर्वेदिक उपायहरूकाे महत्व रहेकाे उहाँले बताउनुभयाे ।अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा प्रकाशित ‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तक को भिडियो कन्फ्रेन्स मार्फत उहाँले विमोचन समेत गर्नुभएकाे छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालयस्तरबाटै योग अध्यास र अध्ययनको क्रमको थालनी भएको भन्दै यसलाई व्यापक बनाउन आग्रह गर्नुभयाे ।

Related Articles

Back to top button