समाचार

२ जना नेपाली सेना सहित ५ जनाको ज्यान गयो

गुल्मी, मंशिर १२
गुल्मीमा भएको जिप दुर्घटनामा २ जना नेपाली सेना सहित ५ जनाको ज्यान गएको छ । गुल्मीको इस्मामा शुक्रबार बिहान भएको दुर्घटनामा इस्मा ४ घर भई पाल्पामा कार्यरत सेनाका ३३ वर्षिय शिब बहादुर दर्लामी मगर र सेनामै कार्यरत ३३

वर्षिय धन बहादुर अछामीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार ईश्मा ४ हुलका ६५ वर्षीय डम्मर बहादुर धिताल, सोही ठाउँका ३० वर्षीय बसन्त दर्लामी र मालिका ५ की ८० वर्षीया सुन्दरी थापाको पनि घटनास्थलमै ज्यान गएको छ । इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप सडक बाट झण्डै ४ सय मिटर तल खसी दुर्घटनामा परेको हो ।

गाडीमा चालक सहित १० जना सवार रहेको स्थानीयले जनाएका छन् । दुर्घटनामा घाइते हुलका १९ वर्षीय फर्सुराम थापा, सोही ठाउँकी २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको वडा अध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालक बुद्ध बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको र बेपत्ता दुई जनाको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button