समाचार

मोटर साईकल दुर्घटना : आमाको मृत्यु, छोरा जेलमा

काठमाडौं । रौतहटको गरुडामा मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर गौर सडकखण्डको बिर्ता प्रहरी स्कुल अगाडि आमा छोरा सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको हो ।बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका–९ की ७० वर्षीया शेख भुउली साहको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।मोटरसाइकल चालक छोरा २४ वर्षीय शेख मुसरफलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ गम्भीर घाइते भएकी भउलीको उपचारका लागि चन्द्रनिगाहपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।पोखरा – पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई प्रहरीले उत्तम चोक बाट पक्राउ गरेको हो।विक्री गर्नको लागि लागुऔषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाइएको कास्कीका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए। उनले भने,’मोटर साइकलमा आएका थापाले पहिला प्रहरीमाथि गोली चलाएपछि प्रहरीले प्रतिरक्षाको लागि गोली चलाएको थियो।’थापाको खुट्टामा गोली लागेको छ । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय

अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागू औषध बरामद गरिएकाे प्रहरीले जनाएको छ । पक्राउ परेका थापाको आक्रमणबाट एक असइ समेत सामान्य घाइते भएको छन्। थापा यसअघि लागूऔषध ओसार पसार गरेको आरोपमा दुबईमा समेत पक्राउ परेको प्रहरीले जनाएको छ । थापाको साथबाट प्रहरीले १५ सय सेट लागूऔषध बरामद गरेको छ ।–रामहरि श्रेष्ठओखलढुङ्गा– वडापालिका खोसाखोस हुँदा ओखलढुङ्गामा झण्डै डेढ बर्षयता झोलाबाट सेवा प्रवाह भैरहेको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका २ स्थित वडा कार्यलय राख्ने बिषयमा भएको विवादले सेवा प्रभाबित भएको हो । स्थानीयबीच वडा कार्यलयको केन्द्र कहाँ राख्ने भन्नेमा खोसाखोस हुँदा सेवा प्रभावित भएको वडा कार्यालयले जनाएको छ । वडानम्बर दुईकै रामपुर, लामिडाँडा र ढुस्केका स्थानियवासीबीच कार्यालय आफ्नो पायक पर्ने स्थानमा राख्नुपर्ने माग आएपछि केन्द्र राख्ने विषयमा विवााद सुरु भएको हो । पालिका विवादले वडा कार्यालयको काम कारबाही प्रभावित भएको वडा सचिव दिपकुमार घिमिरेले बताए ।रामपुर,लामीडाँडा र ढुस्केका स्थानियलाई आ–आफ्नो स्थानबाट सेवा दिन पुग्नुपर्ने बाध्यता यथावत रहेको उनले बताए । स्थानीयलाई सेवाका लागी हप्तामा दुईदिन छुट्याएर उनीहरुकै गाउँमा पुग्दा सेवा प्रवाहमा समेत समस्या रहेको उनको भनाई छ । हाल वडा कार्यलय राख्ने बिवादले कार्यालयका

सामानहरु दुई स्थानमा राखिएका छन् । विवादका कारण वडा कार्यलय रामपुर र देउरालीबाट सञ्चालन भैरहेको छ । रामपुरमा रहेको कार्यलय वडा कार्यालय नभएर सम्पर्क कार्यालय रहेको भनिएको छ । कार्यलयभित्र वडा अध्यक्षको चेम्बर नै छैन । स्थानीयले स्थानीय तहको पुनसंरचनामै त्रुटी भएको आरोप लगाएका छन् । भौगोलिक हिसावले नमिलेको भूगोललाई वडापालिकाभित्र गाभिएकाले पालिका तोक्ने बिषयमा विवाद भएको मोलुङ गाउँपालिका २ रामपुरका स्थानिय तीर्थराज दाहालले बताए । विवादकै कारण वडा अध्यक्षले झोलाबाट सेवा दिदै आएको दाहालको भनाई छ ।कार्यालय कहाँ राख्ने भन्ने विवादले वडा कार्यलयको बोर्ड समेत राख्न सकिएको छैन । हाल रामपुरबाट बोर्डबिनै कार्यालय सञ्चालन भइरहेको छ भने देउरालीको अवस्था पनि उस्तै छ । तर वडा अध्यक्ष टंकबहादुर कार्कीले भने पालिका राख्ने बिषयमा कुनै विवाद नरहेको दावी गरे । उनले दुबै क्षेत्रबाट सेवा दिने हिसावले दुई स्थानमा कार्यालय स्थापना गरेको बताए । भवन अभावका कारण स्थानीयलाई झोलाबाटै सेवा दिनुपरेको उनको भनाई छ ।भौगौलिक अवस्था र स्थानीयको सहमतिका आधारमा वडापालिका राख्नुपर्ने प्रावधान छ । त्यसका लागि वडा अध्यक्षको संयोजकत्वमा वडा समिति गठन गर्नुपर्छ । स्थानीयले भने दुई बर्षमा समेत वडा पालिकाको केन्द्र नतोकिनु दुःखद् भएको भन्दै जनप्रतिनिधिले चासो नदिएको आरोप लगाउन थालेका छन्

Related Articles

Back to top button