समाचार

एसएसपी को अस्तब्यस्त काम, आइजीपी खनाल दिक्क

काठमाडौं, २१ वैशाख । महानगरीय ट्राफिक महाशाखा रामशाहपथले राजधानी उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनमा सुधार गर्न नसकेको भनेर आलोचना बढ्दै गएको छ ।महाशाखाको जिम्मेवारी एसएसपी बसन्त पन्तले लिएपछि राजधानीभित्रको ट्राफिक झन् अस्तव्यस्त भएको आरोप छ । पन्तले आफ्नो कार्यालय अगाडि सिंहदरबारको पश्चिम गेटको ट्राफिक व्यवस्थापनमा मात्रै ध्यान दिने गरेका छन् ।सो स्थानमा भने पन्तले धेरै ट्राफिक प्रहरी परिचालन गरेरै भएपनि व्यवस्थापन गरेका छन् । किन भने त्यहाँबाट प्रधानमन्त्री, मन्त्री र भीभीआइपी आवतजावत गर्छन् ।सिंहदरबारको पश्चिम गेटमा एसएसपी पन्तको ध्यान पुगेपछि त्यही सिंहदरबारमाको उत्तर, पूर्व र दक्षिणतिर भने आँखा पुगेको छैन । पन्तले सिंहदरबारकै वरपर राखिएका गाडी र मोटरसाइकललाई जथाभावी रुपमा रोक्न दिने गरेको आरोप छ ।बबरमहलमा रहेको रिभिजिटेड रेष्टुरेन्टले पनि आफ्ना पाहुनाका सवारी साधनलाई सडकमै राख्ने गरेको छ । रेष्टुरेन्टले राजनीतिक दवाव दिएर ट्राफिक प्रहरीलाई चुपचाप गराएको भनेर आरोप पनि लागेको छ ।शुक्रबार सिंहदरबार पूर्वीगेट अनामनगर आसपासमा पैदल यात्रु हिँड्नै नमिल्ने गरेर सवारी साधनहरू राखिएका थिए । फुटपाथबाट हिँड्न नमिलेपछि पीडितहरूले ट्राफिकको १०३ नम्बरमा फोन गरेर गुनासो गरे । गुनासो नसकिँदै फोन उठाउने ट्राफिक प्रहरीले ड्याम्म फोन राखिएदिए ।करीव साढे दुई बजे गरिएको गुनासो शुक्रबार साँझसम्मै सम्बोधन भएन । अनामनगरको गुनासो दैनिक सरह स्थानीयले
गर्दै आएका छन् । तर, ट्राफिक प्रहरीले त्यो गुनासोलाई अटेर गर्दै आएको छ ।महानगरीय ट्राफिक प्रहरी रामशाहपथका एसपी एवम् प्रवक्ता

जयराज सापकोटालाई पनि मोबाइलमा फोन गरेर अनामनगर क्षेत्रको ट्राफिक अस्तव्यवस्त भएका विषयमा जानकारी गराइएको थियो । उनले सो विषयमा आफ्नो ध्यान पुगेको बताएपनि कार्यान्वयन नगरेको स्थानीयको गुनासो छ ।सिंहदरबारको मूलगुट ट्राफिक व्यवस्थापनमा ध्यान दिने एसएसपी पन्तले त्यही सिंहदरबारको अर्कोतर्फ अव्यवस्थित रहेका गाडी हटाउन कुनै पहिल नगर्नुलाई विभिन्न खालका आशंकाहरू जन्माइदिएको छ ।अनामनगरमा फुटपाथमा भेटिएकी सुना गुरुङले सडकमा राखिएका गाडी र मोटरसाइकलका कारण हिँड्नै समस्या भएको बताइन् । ‘अनामनगरमात्रै होइन जथाभावी कार, जीप र मोटरसाइकलहरू राखिएका स्थानबाट हिँड्न कति समस्या हुन्छ ट्राफिक प्रहरीका हाकिमहरूलाई के थाहा ?’, उनले भनिन्, ‘एक पटक आफै आएर पुटपाथमा हिँडेर अनुभव गर्नुपर्छ ।’अनामनगरमा रहेका रेष्टुरेन्ट र कार्यालयाहरूमा आउने व्यक्तिले ल्याउने गाडी र मोटरसाइकल मान्छे हिँड्ने फुटपाथमा राख्ने गर्छन् । उनीहरूले राखेका गाडी हटाउने एकजना पनि ट्राफिक प्रहरी अनामनगरमा देखिदैन ।अनामनगर र बबरमहलको यो घटना राजधानीभित्रको प्रतिनिधि घटना मात्रै हो । यस्तो समस्या हरेक चोक र गल्लीहरूमा देखिन थालेका छन् ।नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राजधानी उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन सुधार गर्न निर्देशन दिँदै आएका छन् । तर, उनको निर्देशनलाई मातहतले खासै ध्यान दिएको छैन । राजधानीभित्रको ट्राफिक व्यवस्थापनमा सुधार हुन नसकेको भनेर दिनदिनै आउने गुनासाहरूबाट आइजीपी खनाल दिक्क छन् ।पुतलीसडक, न्युरोड, कलंकी, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, त्रिपुरेश्वर, माइतीघर, थापाथली, गंगबु, सातदोबाटो, बल्खु जस्ता स्थान अत्याधिक ट्राफिक हुनेमा पर्छन् ।

Related Articles

Back to top button