९ जना पत्रकार पक्राउ
जेठ २९, धनुषा । धनुषा (जनकपुर)बाट ९ जना पत्रकार पक्राउ परेका छन् । सरकारले लोककल्याणकारी विज्ञापन छापेकोको भुक्तानीमा भारी कटौती गरिएको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग राख्दै शान्तिपूर्ण धर्नामा बसेका पत्रकारलाई आज दिउँसो ४ः३० बजे प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासद्द्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भुषणकुमार सिंह र विन्दु यादवलगायत सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना रहेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनाएका छन् ।जिल्ला हुलाक कार्यालय धनुषामा धर्ना र तालाबन्दीमा रहेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो । आफ्ना जायज मागहरु राखी शान्तिपूर्ण रुपमा धर्ना बसिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको भन्दै महासंघले खेद प्रकट गरेको छ ।महासचिव विष्टले जारी गरेको विज्ञप्तीमा यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य भएको ठहर गरिएको छ । विज्ञप्तीमा भनिएको छ, “महासंघ प्रहरीबाट भएको दमनको निन्दा र भर्त्सना गर्दै पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, पत्रकारहरुले उठाएका जायज मागहरुप्रति गम्भीर भई यथाशीघ्र पूरा गर्न सरकारसँग माग गर्दछ ।”चर्चित गीत ‘गलबन्दी’ चोरीको विषयमा शम्भु राईले पहिलोपटक मुख खोले, के भने ? (हेर्नुहोस् भिडियो)पछिल्लो समय चर्चित गित ‘गलबन्दी’ले छोटो समयमै एक करोड भन्दा बढी भ्यूज पाइसकेको छ। गायक प्रकाश सपुतको गीत ‘गलबन्दी’ युट्युबमा सार्वजनिक भएसँगै गीतले
अनपेक्षित दर्शक स्रोताको साथ पायो। मौलिकपन को दियो भन्दै धेरैले गीतको प्रशंसा गरे ।आइजीपी सर्बेन्द्र खनालले समते आफुलाई फोन गरेर मौलिक गित ल्याएकोमा बधाई दिएको उनले सामाजिक संजाल मार्फत जानकारी गराएका थिए ।अहिले देश तथा बिदेशमा ‘गलबन्दी’को चर्चा अत्याधिक रहेको पाईन्छ । तर अहिले ‘गल्बन्दी’ लाई चोरिएको गीत भन्दै सामाजिक सञ्जाल तातिएको छ ।सामाजिक सञ्जालमा गीत चोरी भएको भन्दै गायक सपुतको आलोचना गर्ने
पनि भेटिएका छन् ।गायक शम्भु राईको गीतबाट ‘गलबन्दी’ चोरी भएको सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएको छ ।गलबन्दले चौतर्फी प्रशंसा पाइरहँदा धेरैले शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर’ बोलको गीतको कपी भनेर आरोप लगाएका हुन् ।गायक शम्भु राई भने सामाजिक सञ्जालमा हल्ला फैलाउनु भन्दा पनि सल्लाह गरेर अघि बढ्नु उपयुक्त रहेको बताउँछन् ।उनले आफू सल्लाह गरिरहेको र सल्लाहअनुसार अघि बढ्ने बताएका छन् । उनले अहिले हतारमा प्रतिक्रिया दिनुभन्दा पनि छलफल पछि मात्रै प्रतिक्रियामा जाने बताए ।गीतसंगीत क्षेत्रमा रहेका विभिन्न संघसस्था र साथीभाइरुसँग सल्लाह गर्दै छु । एक्लै मात्रै कुरा गरेर हुदैन, प्रस्तोता समाज, संगीतकार संघ, गीतकार संघ, रोयल्टी संकलन समाज जस्ता संस्थाहरुसँग बसेर छलफल गरिरहेको छु’ उनले भने ।आफूहरु एउटै क्षेत्र को भएकाले विभिन्न टिकाटिप्णी गर्नु भन्दा पनि छलफल र सहमति गरेर अघि बढ्ने उनले बताए । ‘समाजिक सञ्जालमा हल्ला फैलाउनु मात्रै हो । मेरो र प्रकाश जीको पनि कुराकानी भइरहेको छ । त्यस पछि हामी आधि कारिक कुरा बाहिर ल्याउँछौँ, उनले भने । गीत चोरी भएको आफूले भन्दा पनि दर्शक श्रोताले थाहा पाउने कुरा भएको बताए ।त्यसैले एकअर्कालाई आरोप प्र्रत्यारोप गर्नु भन्दा पनि गीत संगीत क्षेत्रका अग्रज सर्जकसहित छलफपछि मात्रै आधिकारिक धारणा आउने राइले बताए । त्यस्तै गायक सपुतले एक अन्तवार्तामा गायक शम्भुराई गीत पहिलो पटक सुनेको सुनेका बताएका छन् । अन्र्तवार्ता उनले आफूले शम्भु राईसँगको आधिकारिक कुराकानी पछि मात्रै बाहिर ल्याउने बताएका छन् ।मेरो गीतसँग मिल्यो भनेको गीत मैले भर्खरै सुनेका हुँ , यो भन्दा पहिले गीत सुनेको पनि थिइन, गीतको लय मिलेको रहेछ,’ उनले भनेका छन्