भिडियो

आमा बावुले फालेकी नानीलाई मकै बेचेर यसरी पाल्दै हजुरआमा

आमा बावुले फालेकी नानीलाई मकै बेचेर यसरी पाल्दै हजुरआमा काठमाडौँ । आमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वास सँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण गराउँ छिन्; आफूले नखाई– नखाई सन्तानको भोको पेट भर्छिन्; आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको जीवन रक्षा गर्छिन् ।आफूले नखाएर पनि सन्तानलाई खुवाएको धेरै उदाहरण छन् । तर यहाँ आफूले जन्म दिएकी सन्तानलाई फाल्न पनि पछि नपर्ने आमा बाबु पनि यहि संसारमा नै रहेछन् । सुन्दा धेरैलाई विश्वास लाग्दैन तर यो वास्तविक घटना हो । गोरखा घर भई हाल काठमाडौँ मनमैजु बस्दै आउनुभएकी तारा संग्रौलाले आफ्ने छोरीकी छोरीलाई मकै पोलेर पढाईरहनु भएको छ ।हाल कक्षा १ मा पढ्ने अञ्जु गिरीलाई उनकी आमाले जन्म दिएपछि फाल्न लागेकी थिईन तर अञ्जुकी हजुर आमा ताराले उनलाई फाल्न नदिई आफूले पाल्नुभयो । अहिले उहाँको आर्थिक अवस्था निकै कमजोर छ । ती सानी नानीलाई पढाउनका लागि उहाँ सह योगको खोजिमा हुनुहुन्छ

।आफ्नै भदालाई भेटाएर पालेको भन्दै सहयोग उठाएकी कमला भागेर गाउँ पुगिन् ! कमलाको पर्दाफास (भिडियो)काठमाडौं- पछिल्लो समय धादिँगका बालक अनुज भुषालका भिडियोहरु युटुबमा भाईरल भैरहेका छन् । अघिल्लो समय एक महिलाले उनलाई काठमाडौंमा पालेको खबरले सबैको आँखामा आँशु आयो । धादिँगबाट टिपरमा लुकेर आएको कथा बुन्दै बालकलाई पढाउने भन्दै सबैको सहयोगको आश गरेकी बिमलाको पछि पर्दाफास भयो ।पछि बिमला ती बालकको फुपु रहेको खुल्यो । उनले पटक पटक कुरा फेरिन् । अनेक कथा बुनिन् तर पछि उनको सत्य लुकेन र उनी ती बालक सहित धादिँग भागिन् । यसैबिच स्टार न्युज नेपालका रबिन पौडेल धादिँग पुगे र त्यहाँको वास्तविकता सबै पर्दाफास गरे ।

Related Articles

Back to top button