समाचार

नगरपालिका को कार्यालयमा बम विस्फोट

।धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् ।आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले बताए ।पाँच सय बढी कामदार लगाएर गणेशस्थान र खहरे नजिकै स्थानीयवासीले वारिपारि गर्न बनाएको काठेपुल पनि

आँखुखोला हाइड्रोपावरले ड्याम खोलिदिँदा बगाउने र स्थानीयवासीलाई समस्या पर्ने उनले बताए । बेपत्ता युवतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले स्थानीय प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलेको दाबी गरे ।(रासस) एजेन्सी-चीनको दक्षिणपश्चिम क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन् ।झण्डै एक हप्तादेखि अविरलरुपमा परेको वर्षाका कारण पाँच लाख ९० हजार मानिस प्रभावित भएको उनीहरुको भनाइ छ । प्राप्त पछिल्लो विवरणअनुसार ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अन्य ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।अत्यधिक वर्षाका कारण बाढी पनि आएको छ । बाढीले ३४ हजार ६ सय हेक्टर जमिनको बाली नष्ट गरिदिएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै एक हजार ७४७ घरमा वर्षा र बाढीले असर पारेको छ भने तीमध्ये ९६६ वटा घर नराम्रोसँग क्षति भएका छन्

Related Articles

Back to top button