समाचार

छोराले गरे आफ्नै बुवाको हत्या

सुशील भण्डारी ,जेठ् ३० अछाम : अछाममा चिरपटले हानेर छोराले आफ्नै बुवाको हत्या गरेकाछन ।जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्सिय निने ढोलिलाइ उनकै सहोदर जेठो छोरा प्रेम ढोलिले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन । हिजो राती ११ बजे चिरपटले बुबाको गर्धनमा हाने पछि ढोलिको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक ढोलिलाइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ ।हत्या गर्ने प्रेम ढोलिलाइ प्रहरीले नियन्त्रणमा लिसकेको प्रहरी जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए। काठमाडौं– राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार तीन जना बंगलादेशी नागरिक २७ गते राति डान्सबारमा पुगेका थिए करीब एक घण्टा डान्सबारमा बस्दा जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो ।त्यसपछि अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै पठाइएको बंगलादेशी नागरिकले प्रहरीमा बयान दिएका छन् मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । करीब ११ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको थियो उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता

बोगटीले जानकारी दिए ।बोगटीका अनुसार यसअघि पनि बालाजु, नयाँ बसपार्क, ठमेललगायतका क्षेत्रमा यस्ता घटनाहरु हुने गरेका थिए ।काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । मेकानिकल पार्टस्, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका कारण भाडादर वृद्धि गरिएको बताइएको छ यसअघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो। महानिर्देशक दाहालका अनुसार उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो । योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो ।यस्तै दिउँसो सार्वजनिक सवारी चढ्दा न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने भए पनि रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम २२ रुपैयाँ भाडा तिुर्न पर्ने जनाइएको छ । बढेको भाडा असार १ देखि लागू हुने विभागले जनाएको छ । धादिङ। आँखुखोला हाइड्रोपावरको ड्याम खाल्दा नुहाउँदै गरेकी युवतीको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका रनीलकण्ठ नगरपालिकाको सिमानामा पर्नेटारीबेँसी नजिकै दाङ घरभएकी १९ वर्षीया विपना भुसालको आँखुखोलाले बगाएर मृत्यु

भएको हो ।खोलाले बगाएर उनी बेपत्ता भएकी थिईन् । लुगाधुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ
काठमाडौँ स्थित विनायक अस्पतालमा अध्ययनरत विपना‘प्राक्टिकल’कालागिसल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिईन् ।कलेजबाट उनी‘प्राक्टिकल गर्न सल्यानटार प्राथामिक स्वास्थय केन्द्रमा ४५ दिनको लागि आएकी थिईन् । उनी ४५ दिन पुगेकै बेला खोलाले बगाएको हो । आँखुखोला हाइड्रोपावरले विना जानकारी ड्याम खोलेपछि खोलामा रहेकी विपनालाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भनेस्थानीय प्रहरीलाई जानकारी गराएरै ड्याम खोलिएको बताए ।काठमाडौ। सरकारले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाएको छ।तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन्।निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन्। जाजरकोटबाट हेमन्त केसीले पठाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन्।‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु।’

Related Articles

Back to top button