समाचार

विदेशमा दु:ख गरेको सम्पत्ति लिएर श्रीमती टाप: श्रीमान तनावमा..

काठमाडौं ३० जेठ/
सम्पत्ति लिएर श्रीमती टाप: श्रीमान तनावमा.. नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं। २ भैयापुरका ससिराम सुनार मलेसियाबाट श्रीमती खोज्न नेपाल आएका छन् । कामको सिलसिलामा मलेसिया पुगेका सुनारको घरमा आमा र श्रीमती सँगै बस्दै आएका थिए ।विदेशमा कमाएको पैसा आमा र श्रीमतीको खर्चको लागि समय समयमा पठाउँदै आएका सुनार २४ वर्षीया श्रीमती नीतु लोनियालाई खोज्न मलेसियाबाट नेपाल आएका हुन् । करिब ६–७ महिनादेखि श्रीमती नीतु सम्पर्क विहीन भएकी सुनारको भनाइ छ ।२०७२ सालमा जानकी गाउँपालिका बेलभारका नीतुसँग सुनारको विहे भएको भएको थियो । उनले भने, ‘करिब ६–७ महिना भयो, श्रीमतीसँग कुरा नभएको । कहाँ छ रु कस्तो अवस्थामा छ रु कहिले प्रहरी कार्यालय त कहिले शहर– शहरमा खोज्दै हिँडेको छु ।’उनले थपे, ‘विदेश गएको ४ वर्ष भयो श्रीमतीलाई खोज्न भनेर विदामा आएको छु ।’ बेलभारकै राजाराम बर्माले इमो र फेसबुक मार्फत नीतुलाई पोखरामा राखेको जानकारीको आधारमा मलेसियाबाट नेपाल आएको सुनारको भनाइ छ ।विदेशमा कमाएको पैसा बारम्बार श्रीमतीको विश्वासको

आधारमा पठाउँदै आएका सुनारले विवाहमा पनि ४ लाख खर्च गरेको बताएका छन् ।सुनारले श्रीमतीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी
दिएका छन् । बेलभारका राजाराम बर्मा भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सुनारको बताए ।काठमाडौं । सरकारले गुठी सामन्तवादसँग जोडिएको भन्दै यसको समस्या पनि समाधान गर्न सरकार लागिपरेको बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले नियमित पत्रकार सम्मेलनमा गुठी, हलिया, कमलरीप्रथा सामन्तवादसँग जोडिएको उल्लेख गर्दै त्यहाँ रहेका समस्या पनि समाधानको प्रयास गरेको बताए ।हामीले सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने ?,” मन्त्री वाँस्कोटाले भने,“गुठी, हलिया, कमलरीले सामन्तवादको आर्थिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्छ ।” “किसानका भूमिसँगको समस्या समाधान गर्ने कि नगर्ने ?,” उनले भने, “भूमिहीन किसानको समस्या समाधान गर्ने कि नगर्ने ?” उनले गुठीको समस्या काठमाडौं उपत्यका र बाहिर फरक फरक रहेकाले सरकारले समाधान गर्ने बताए ।उनले सरकार चोकै चोक रहेको विशाल राजमार्गमा हिँडेकाले कहिलेकाहीँ समस्या आउने बताए । “कानुन नभए बनेन भन्नुहुन्छ ?,” उनले भने, “यो परिवर्तन एकप्रकारको छलाङ पनि हो ।”

Related Articles

Back to top button