समाचार

अत्यधिक गर्मीका कारण मलामी गएका व्यक्तिको मृत्यु

भद्रपुर । झापामा अत्यधिक गर्मीका कारण मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ। अत्यधिक गर्मीका कारण मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार बुधबार बिहान झुण्डिएर आत्महत्या गरेका भद्रपुर ६ बस्ने १८ वर्षीय रोहण यादवलाई मेची नदीमा दाहसंस्कारका लागि लगिएको थियो। सिताराम बुधबार दिउँसो रोहणको मलामी गएका थिए। बुधबार झापामा अत्यधिक गर्मी रहेको थियो।मलामी गएका यादवसहित भद्रपुर ६ बस्ने राजु यादव पनि अत्यधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए।मलामीमै बेहोस भएका दुवै जनालाई तत्काल उपचारका लागि मेची अञ्चल अस्पताल लगिएको थियो। बेहोस भएका सितारामको अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोथियो। उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको हो ।काठमाडौं । स्याङ्जामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक जना लाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । स्याङजाको पुतलीबजार नगरपालिका–३ का उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । उनीमाथि हाड–नाता करणीसहित ज्यान मार्ने उद्योगको मुद्दा

थियो । ज्यान मार्ने उद्योगमा भने सफाइ पाएका छन् । पीडितले ०७५ माघ १५ गते मुद्दा दर्ता गराएकी थिइन् ।जिल्ला न्यायाधीश रमानाथ पौडेलको इजलासले मुलुकी अपराध संहिताअनुसार हाडनातामा मात्रै १० वर्ष र थप जन्मकैद हुने गरी फैसला गरेको हो ।स्कुल बिदा गराएर नेताका आफन्तको भोज ???काठमाडौं। फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ ।गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको थयो। विवाह थियो– संघीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोका भतिजको ।पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भए । गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स–बेन्चमा भोज खाएको दृश्य रमितलाग्दो थियो । ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए ।‘व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ। त्यहीअनुरूप मंगलबार विद्यालय बन्द गरेर विवाह भोज भयो,’ उनले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतोले लेखेका छन् ।

Related Articles

Back to top button