समाचार

हे भगवान् एकै दिन बावु छोराको मृत्यु गाउँनै शोकमा

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट इलाम नगरपालिका सिङफ्रिङमा एकै दिन बावुछोराकै मृत्यु भएको छ। साविक इलाम नगरपालिका–८ सिङफ्रिङका ८४ वर्षीय बुबा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । २४ घण्टा नबित्दै एकै घरका बाबु छोराको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ।

छोरा नारायणको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो । झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो । १९ जेठमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार शुरु गरिएको थियो ।

कोरोना संक्रमण मुक्त भएपछि बेदप्रसाद पोख्रेलको मृत्यु भएको हो। संक्रमणको कारण फोक्सोमा गम्भीर असर पर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक वेदप्रसाद पोख्रेल पूर्व शिक्षक हुन्। छोराको मृत्यु भएको २४ घण्टा नबित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृत्यु भएको स्थानीय हेमन्त गौतमले जानकारी दिए।

Related Articles

Back to top button