समाचार

दुःखद ख’बर: युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृत्यु

विश्वको समृद्धशाली मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृत्यु भएको छ। चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।चार जना मृतक दाजुभाईको मृत्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन। चारै जना दाजुभाइ सार्जाह अबुधाबी र रासलखाईमा कार्यरत थिए।

कामको प्रकार फरकफरक भए पनि कम्पनी भने एउटै भएको दुबई इस्थित हाम्रा प्रतिनिधि स्याण्डी थापाले जानकारी दिनु भएको छ। उनीहरु सानी आमा ठुली आमाको छोरा रहेको खुल्न आएको छ । मृतकको नाम यस प्रकार छ १) स्वनिम कुन्चिया २) बिबेक कुन्चिया ३) अतुल चोप्रा र सुनिल नारायण ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

दीपक मनाङेले छाडे मुख्यमन्त्री गुरुङको साथ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ । मुख्यमन्त्री गुरुङले आफूलाई बलियो बनाउनका लागि मनाङेलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

तर, मनाङेले साथ नदिँदा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना छैन । बरु मनाङेको साथले विपक्षमा बहुमत पुग्ने देखिएको छ । मनाङेले बुधबार प्रदेशसभा सदस्य राजीव पहारी लगायतका सँगको भेटमा पनि संसद विघटन हुने अवस्था नआए हुन्थ्यो भन्ने बिचार राखेका थिए । सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ ।

विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ । ६० सदस्य रहेको प्रदेशसभामा एमालेको पक्षमा २८ सदस्य (स्वतन्त्रका मनाङेसहित) छन् । त्यसमा पनि माधवकुमार नेपाल पक्षका एकजना सदस्य छन्। मनाङेले मुख्यमन्त्रीलाई साथ नदिँदा र नेपाल पक्षका सदस्य इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा विपक्षमा बहुमत पुग्ने पक्का जस्तै भएको देखिएको छ ।

Related Articles

Back to top button