समाचार

जिप दुर्घ’टना: एउटा रुखले बचायो ६ जनाको जिन्दगी

काठमाडौं: रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको लोप्राङमा बलेरो जिप दुर्घ’टना हुँदा जिपमा सवार ६ जना घा’इते भएका छन्। बुधवार बिहान करिब ११ बजेतिर प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको सिंगल क्याप बलेरो जिप दुर्घ’टना भएको हो । उक्त जिप सुनापति ४ बेथानको लोप्राङबाट बेथानकै डहुतर्फ जाँदै गर्दा लोप्राङको सडकबाट करिब ७० मिटर तल भिरमा ख’सेको थियो ।

सो जिपमा सवार ६ जनाको स्थानीय र बेथान प्रहरी चौकी बाट खटिएका प्रहरीले उ’द्धार गरेका थिए । हाल सबै घा’इतेको बेथान स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले सम्म घा’इतेको अवस्था सामान्य रहेको देखिन्छ । घटना भर्खरै मात्र भएकाले घा’इतेको उ’द्धारको काम सकिएको छ ।

गाडीचालक सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको प्रवक्ता श्रेष्ठले बताए। बलेरो गाडी सडकबाट अचा’नक करिब ७० मिटर तल ख’सेपछि सल्लाको रुखमा अड किएको थियो । दुर्घ’टनमा परी घा’इतेहरुको तत्काल स्वास्थ्य चौकीसम्म पु-याउनको लागि स्थानीय रमेश केसीले गाडीको व्यवस्था गरेका थिए ।

नीति तथा कार्यक्रममा विपक्षीको नजर
नियम उल्लंघन गरेरै मुख्यमन्त्री बनेको दाबी गरेको चार दलीय गठबन्धनले मुख्यमन्त्री पाखरेललाई नैतिकता प्रस्तुत गर्दै विश्वासको मत लिन दबाब दिइरहेको छ। तर फ्लोर क्रसको सम्भावित खतरादेखि डराइरहेका पोखरेलले विश्वासको मत लिन सक्ने छाँट विपक्षीहरूले देखेका छैनन्। तथापि मुख्यमन्त्रीलाई कसरी नैतिक रूपमा कमजोर पार्न सकिन्छ भन्ने रणनीतिमा विपक्षी गठबन्धन छ।

शुक्रबारदेखि सुरु हुने सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई विपक्षी गठबन्धनले नैतिक रूपमा कमजोर पार्ने गतिलो अस्त्रका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ। शुक्रबारदेखि सुरु हुने कार्यक्रम माथिको छलफल दुई दिनसम्म चल्ने र अर्को दिन उक्त नीति तथा कार्यक्रम पारितका लागि मतदान हुनेछ। विपक्षीले उक्त कार्यक्रमको विपक्षमा मतदान गरेर सरकारलाई नैतिक रूपमा थप दबाब दिने रणनीति बनाएको छ।

‘अहिलेसम्मको परिस्थितिअनुसार सरकारको नीति तथा कार्यक्रमका विपक्षमा बहुमत जुटाएर मतदान गर्ने र सरकार तथा मुख्यमन्त्रीलाई नैतिक रूपमा थप दबाब दिने रणनीति हाम्रो हो,’ कांग्रेसका प्रदेशसभा सदस्य शंकर गिरीले भने। त्यसो त, विपक्षी दलहरूका सचेतकबाहेकका सबै सांसदहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न बसेको मंगलबारको संसद् बैठक बहिस्कार गरेका थिए।

मंगलबारको बैठकमा चारदलीय गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) का सचेतक मात्रै सहभागी भएका थिए। त्यसोत, यो चारदलीय गठबन्धनले मंगलबारनै विश्वासको मत जितेर सरकारलाई संविधानतः चल्न सुझाव दिएका थिए। उनीहरूले सामूहिक विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीसामु यो चुनौती पेश गरेको देवेन्द्र बस्नेतले नागरिकमा लेखेका छन्।

Related Articles

Back to top button