समाचार

मतपत्र च्यातिएको काण्डमा गृहजिल्ला मा प्रचण्ड–रेणु दाहाललाई ठूलो झड्का,

भरतपुर – चितवन जिल्लाको भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यात्ने तत्कालीन नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वय मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई जिल्ला अदालत चितवनले दोषी ठहर गरेको छअदालतको फैसलासँगै चुनाव जित्न कार्यकर्तालाई आपराधिक गतिविधि गर्न लगाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी पुत्री मेयर रेणु दाहाललाई ठूलो झड्का लागेको छ ।चितवन जिल्ला अदालतले बिहीबार गरेको सुनुवाइपछि न्यौपाने र शिवाकोटीलाई दोषी मानेको हो । असार ५ गते कारवाही फौसला गर्ने गरी उनीहरूलाई दोषी ठहर गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए ।माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी प्रचण्डकी माइली छोरी रेणु दाहालले एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीसँग पराजित हुने भएपछि आत्तिएका न्यौपाने र शिवाकोटीले मतपत्र च्यातेर भाँडभैलो मच्चाएका थिए । सोही कारण मतपत्र च्यातिएको एउटा वडाको पुनः मतदान गरिएको थियो । मेयरमा जित्दै गरेका एमालेका देवी ज्ञवाली मतपत्र च्यातिएको काण्डपछि पराजित भएका थिए ।चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपाने र शिवाकोटीलाई कसुरदार ठहर हुने गरी आदेश दिएको श्रेस्तेदार गिरीले बताए । शिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपियाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग

गरेको छ ।निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा एकको कसुर अनुसार उपदफा २ मा व्यवस्था भएको सजाय माग भएको अधिवक्ता देवकोटाले बताए । मुद्दा दर्ता भएर थुनछेक आदेश भएको दुई वर्षपछि चितवन जिल्ला अदालतले भरतपुर महानगरपालिकाको मतपत्र च्यातेको काण्डको बिहीबार मुद्दामा पहिलो पटक बहस भएको थियो ।यसअघि २४ औं पटकसम्म पेशी तोकेपनि स्थगित हुँदै आएको थियो । शिवाकोटी र न्यौपानेविरुद्ध ०७४ सालको जेठ १७ गते मुद्दा दायर भएको थियो । सामान्यतया मुद्दा दायर भएको दुई वर्षभित्रै फैसला आउँछ । तर यो मुद्दामा त्यो समय पार भएको छ ।भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा ०७४ सालको जेठ १५ गते मध्यराति माओवादी केन्द्रका कार्यकर्ता शिवाकोटी र न्यौपानेले मतपत्रहरू च्यातिदिएका थिए । कुल २९ वटा वडाहरू रहेको भरतपुरमा वडा नम्बर १९ को मत गनेर सकिनै लाग्दा रेणु दाहाल पराजित हुने निश्चित जस्तै भएपछि यी धुन्दुकारीहरूले मतपत्र च्यातेका थिए । २० नम्बर वडाको मात्रै मत गणना गर्न बाँकी थियो ।मतपत्र च्यातिएपछि भरतपुर–१९ मा फेरि मतदान भएर परिणाम घोषणा गर्नु परेको थियो । मतदानको विषयमा सर्वोच्च अदालतले नै टुंगो लगाएको थियो ।चितवन जिल्ला अदालतबाट भएको यो आदेशले निर्वाचन परिणाम कुनै असर पर्दैन । यो मतपत्र च्यातेको अपराध विरुद्धको मुद्दा मात्र हो । शिवाकोटी र न्यौपाने दोषी ठहर भए पनि रेणु दाहालको मेयर पद भने सुरक्षित रहेको जनाइएको छ ।मतपत्र च्यातिएको काण्डमा जिल्ला अदालत चितवनले ढिलै भएपनि न्यौपाने र शिवाकोटीलाई सजाय दिएर न्याय गरेको सरकार पक्षका कानून व्यवसायीले बताएका छन् ।

Related Articles

Back to top button