समाचार

औषधी सेवन गरेर यौनसम्पर्क गर्दा युवतीको मृत्यु

काठमाडौँ । जोडिले यौनसम्पर्क गर्नु पहिले चरम आनन्द लिनको लागी सेक्स पावर नामक औषधीको सेवन गरेर सम्भोगमा लिप्त हुदाँ युवतीले ज्यान गुमाउन पुगिन् । यौन प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृत्युका मुखमा समेत पुग्दछ । भारतमा यस्तै एउटा घटना घटेको छ ।भारतको गुजरातका २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने ‘पावर सेक्स’ नामक औषधि सेवन गरेर आफ्नी केटी साथी नितासंग यौन सम्पर्क गर्दा उनको मृत्यु भएको हो ।निताले सो औषधि खाएपछि आफ्नो उत्तेजना थाम्न नसक्दा मृत्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मङगलबार किशोर किशोरीले नै औषधि खाएर यौन सम्बन्ध राखेका थिए । अत्याधिक उत्तेजना भएपछि युवकको यौनसम्पर्क गराईले युवतीको गुप्ताङ्गमा चोट पुगेकोले उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।प्रेमिकाको जागिर छुटाउन विमान अपहरणको योजना बनाउँदा आजीवन काराबासको फैसला एजेन्सी– जेट एयरवेजमा कार्यरत आफ्नी प्रेमीकको जागिर छुटाउन एक व्यक्तिले विमान अपहरणसम्मको नक्कली योजना बुनेको अभियोगमा आजीवन काराबास सहित पाँच करोड जरिवाना सुनाइएको छ ।भारतको दिल्लीबाट मुम्बईका लागि उडेको जेट एयरवेजको एउटा विमानको शौचालयमा विमान अपहरणसम्बन्धी नक्कली योजनापत्र राखेको अभियोगमा बिर्जु सल्ला नामक व्यक्तिलाई आजीवन काराबासको सजाय सुनाईएको हो ।ती

व्यक्तिले उक्त एयरवेजले आफ्नो दिल्ली सेवा बन्द गर्ने र सो विमानकी कर्मचारी रहेकी आफ्नी प्रेमिका आफूसँग बस्न मुम्बई जान सक्ने अपेक्षासहित योजना बुनेको बीबीसीले उल्लेख गरेको छ ।विमान अपहरणविरोधी भारतको नयाँ कानुनअन्तर्गत पहिलो पटक सल्लालाई मुद्दा चलाइएको थियो। उक्त कानुनअनुसार न्यूनतम सजाय आजीवन कारावास हुन्छ भने अधिकतम सजाय मृत्युदण्ड हुन्छ।सजाय पाएका व्यापारीले सन् २०१७ को अक्टोबरमा विमान चढ्नुअघि मुम्बईस्थित आफ्नो कार्यालयमा धम्कीपत्र लेखेको र छापेको स्वीकार गरेका छन्। विमानमा १२ अपहरणकारी र थुप्रै विस्फोटक पदार्थ भएको दाबाी सो पत्रमा गरिएको थियो भने विमानलाई पाकिस्तान प्रशासित कश्मीर लैजानुपर्ने माग गरिएको थियो।गन्तव्यदेखि ७७८ किलोमिटर वरै अहमदाबादमा विमानको आपत्‌कालीन अवतरण गरिएपछि सल्लालाई पक्राउ गरिएको थियो। त्यतिबेला जेट एयरवेजकी ती महिला कर्मचारीसँग उनको विवाहेतर सम्बन्ध थियो। सल्लाले आफ्नी केटीसाथीलाई मुम्बई बस्न भनेको बताइएको छ। उनले उक्त एयरवेजलाई बदनाम गरेपछि आफ्नी केटीसाथीले जागिर गुमाउन सक्ने र आफूसँग मुम्बईमा बस्न बाध्य हुने ठानेका थिए।एक अनुसन्धानकर्ताले समाचारसंस्था एएफपीलाई बताएअनुसार सल्लाले विमान अपहरण नगरे पनि अपहरणसम्बन्धी पत्र राख्नु पनि भारतीय कानुनअनुसार अपहरणको प्रयाससरह भएको बताए।फैसाला सुनाउँदै न्यायाधीशले भने, ‘आफूले भोगेको पीडाको क्षतिपूर्तिस्वरूप जरिवाना रकमबाट विमानका प्रत्येक चालकले एक लाख रुपैयाँ पाउनेछन्।’ आदेशअनुसार प्रत्येक विमानपरिचारिकाले ५० हजार र प्रत्येक यात्रीले २५ हजार रुपैयाँ पाउनेछन्। सल्लाका वकिल रोहित वर्माले उक्त आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

Related Articles

Back to top button