समाचार

सुर्खेतमा भुकम्पको धक्का केन्द्र बिन्दु बझाङ ज्योतिष अर्जुन क्षेत्री रिहा

फेरी भुकम्पको धक्का महसुस बझाङ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भुकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ रेक्टरस्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका भुकम्प बिद दिपक बस्नेतले बताए ।उनका अनुसार २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा फरक रहेको छ ।यसरी पटक पटक स – सना पराकम्पन जानु भनेको महाभुकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्ने उनको भनाई छ ।यसै बर्षको सुरुवातदेखि बझाङ जिल्ला लाई केन्द्रबिन्दु बनाएर तिन पटक भुकम्पका गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।नेपाल मै भुकम्पको उच्च जोखिममा रहेको यस

जिल्लामा गत बर्ष पनि पटक पटक गरि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो । भुकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरीले जनाएको छ । छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्काको महसुस गरिएको छ ।काठमाडौं ३१ जेठ ।केही युट्युब अनलाइन टेलिभिजनहरुमा अन्तर्वार्तामा दिँदै जेठ महिना भित्र महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् ।अर्जुन क्षेत्रीलाई आज जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।काठमाडौं गौसलाबाट भुकम्प आउँछ भन्दै अफवाह फैलाउने ज्योतिष भनिएका अर्जुन क्षेत्रीलाई गत २१ गते प्रहरीले हिरासतमा लिएका थिए ।

Related Articles

Back to top button