समाचार

बसपार्क को होटेलमा बन्धक बनाएर युवती को बलात्कार

रौतहट– रौतहटमा एक किशोरी बलात्कृत भएकी छिन्। रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा विभिन्न प्रलोभन दिएर एक किशोरीको बलात्कार भएको हो।गौर नगरपालिका–३ का १९ वर्षीया चन्दन दुबेले विभिन्न प्रलोभन देखाएर गत २७ जेठदेखि एक युवतीलाई होटेलमा राखेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।गौर बसपार्कमा उभिरहको अवस्थामा युवतीलाई फकाएर दुबेले गौरको बसपार्कसँगै जोडिएको इन्दु होटेलमा लगेर तीन दिनदेखि पटक बन्धक बनाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक एसपी भुपेन्द्र खत्रीले बताए। पक्राउ परेका दुबेलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान जारी रहेको एसपी खत्रीले बताए।विमानस्थल सुरक्षा प्रहरीले प्रतिबन्धित लागुऔषध चरेससहित अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।चार किलो ८ सय ग्राम चरेससहित विलियम क्यामरोनलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनायो।नेपाल एयरलाइन्सको उडान नम्बर ४०२ बाट बैंकक उड्न लागेका उनलाई पक्राउ गरी अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरो कार्यालय कोटेश्वर बुझाइएको एसएसपी सन्दीप भण्डारीले बताए।भण्डारीका अनुसार सुटकेसभित्र ल्यापटप आकारमा विलियमले चरेस बोकेका थिए। अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक्सरे गर्दा शंकास्पद वस्तु देखिएपछि प्रहरीले उनको तलासी लिएको थियो।प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६, ०५:१३:००गैडाकोट । आफ्नो दाईसँग

मोटरसाईकलमा चढेर नारायणी नदीको पुल तर्दै गरेको बेला जाम परेको मौका छोपी बहिनी नदीमा हामफालेकी छन् ।शुक्रबार नवलपुर स्थित नारायणी नदीमा हाम फालेपछि बहिनी कविता सापकोटा बेपत्ता भएकी छन् । उनलाई अहिले स्थानीय प्रहरी, सशस्त्र प्रहरी साथै स्थानीयले खोजी गरिरहेका छन् ।नपलपुर गैडाकोट २ स्थाई घर भएकी कविता सापकोटा नदीमा हामफालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैंडाकोटकाका प्रहरी सहायक निरिक्षक यज्ञ पौडेलले जानकारी दिएका छन् । कविता दाई हरि बस्यालको मोटरसाइकलमा चढेर नारायणी पुल पार गर्दै थिईन् ।उनी नदीको बीचमै हामफालेको साथै नदी धेरै गहिरो भएकाले उनकाे खाेजीमा समस्या भएकाे प्रहरीले जनाएकाे छ । उनकाे खाेजीका लागि थप प्रहरी बाेलाइएकाे इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उनी किन नदीमा हामफालिन भन्नेबारे अनुृसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।काठमाडौ। अब युएई जाने कामदारलाई कुनै खर्च नलाग्ने भएको छ । नेपाल र युएईबीच शुक्रबार शून्य लागतमा नेपाली श्रमिक लिने गरी श्रम समझदारीमा हस्ताक्षर भएको छ। १०८ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन

स्वीट्जरल्यान्डको जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले शुक्रबार हस्ताक्षर गरेका हुन्।सन् २००७ मा भएको श्रम समझदारी प्रतिस्थापन गर्दै नयाँ श्रम समझदारी गरिएको हो। नेपालले एकतर्फी रूपमा यसअघि फ्रि भिसा, फ्रि टिकटको निर्णय गरे पनि गन्तव्य देशसँग कुनै समझदारी नगर्दा कार्यान्वयन हुन सकेको थिएन। युएई नेपालीको चौथो प्रमुख गन्तव्य हो। यहाँ वार्षिक ५० हजार नेपाली जाने गरेको श्रम मन्त्रालयले जनाएको छ। सन् २००७ मा श्रम समझदारी भए पनि आप्रावासनका क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मुलभूत मान्यता र सिद्धान्तमा परिवर्तन आएकाले नयाँ सम्झौता गर्न दुवै देशबीच सहमति भएको थियो।युएई सरकारले बिमा कोषको व्यवस्थालगायत श्रमको क्षेत्रमा सुधारका काम गरेको छ। नयाँ श्रम समझदारीअनुसार नेपाली श्रमिक युएई जाँदा लाग्ने सबै खर्च रोजगारदाताले नै उपलब्ध गराउने छन्। रोजगारदाताका कारण श्रमिक बेर।ोजगार भएमा अर्को रोजगारी खोज्न पाउने बाटो पनि खुला भएको छ । कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँचजस्ता विषयमा विभेद गर्न पाइने छैन। सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने विषय समझदारीमै उल्लेख छ।महिला कामदारका लागि श्रमिक कल्याण र

सुरक्षाका विशेष उपाय सुनिश्चित गर्नुपर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्था समझदारीमा छ। कामदारकको मृत्यु भएमा शव छिटो नेपाल ल्याउने र सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने छ। श्रमिकको सेवा सुविधा तत्कालै भुक्तानी गर्नुपर्ने र ढिलाइ गर्न नपाइने व्यवस्था पनि समझदारीमा गरिएको छ।कामदार र रोजगारदाताबीच विवाद उत्पन्न भै अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानुनी उपचारको प्रत्याभूति गरिएको छ । त्यस्तो अवस्थामा कामदारले कानुनबमोजिम अस्थायी श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन्।व्यवसायजन्य दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्नुपर्ने, पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवाबापत २१ दिनका दरले र त्यसभन्दा बढी सेवा अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था सुनिश्चित गरिएको जेनेभाबाट श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए। गन्तव्य मुलुकको कानुनमा कामदारको हित अनुकूल हुने गरी संशोधन भएमा उक्त व्यवस्था कामदार र रोजगारदाताबीच करारमा स्वत लागू हुने व्यवस्था गरिएको छ।समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने विषयगत लागत निर्धारण भने भइसकेको छैन। यी विषय दुई देशका प्रतिनिधि सम्मिलत संयुक्त कार्यदलले टुंगो लगाउने सहसचिव घिमिरेले बताए। यसअघि मंगलबार मौरिसससँग पनि जेनेभामै श्रम समझदारी भएको थियो।

Related Articles

Back to top button