भिडियो

निदायाे कि सिहंदरबार, बर्बाद भाे हाम्राे सरकार’ भन्दै फेरि आयो अर्को गीत

निदायाे कि सिहंदरबार, बर्बाद भाे हाम्राे सरकार’ भन्दै फेरि आयो अर्को गीत (भिडियाेसहित)काठमाडौं । पत्रकार तथा कवि गिरिजा अधिकारीको शब्द रहेको ‘ए सरकार–२’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचारमाथि तीखो व्यङ्ग्य प्रहार गरिएकाे छ ।डान्स ग्रुप भीमफेदी गाइजको फिचरिङ रहेको गीतमा देबेन्द्र कार्कीले स्वर दिएका छन् । गीतमा विकास पाण्डेले संगीत गरेका हुन् भने रिकेश गुरुङको एरेन्ज छ ।पवन सुशलिङले छायाङ्कन गरेको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । सार्वजनिक गरिएको म्युजिक भिडियो समसामयिक नेपाली परिवेशमाथि केन्द्रित छ । भिडियोमा देशको विकृति र विसंगतिलाई कलात्मक शैलीमा देखाइएको छ । म्युजिक भिडियोको अन्त्यमा गीत पूरा नसकिँदै काटिएको छ ।यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । पहिलाे गीतको सफलतालाई ध्यान दिएर नै अधिकारीले दोस्रो भाग पनि ल्याएकाे बताए

Related Articles

Back to top button