समाचार

गुठी विधयेकले राजधानी तरंग पैदा गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोले

काठमाडौँ । गुठी विधयेकले राजधानी काठमाडौंमा तरंग पैदा गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । केही समयदेखि बैंककको थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुठीभित्रको धर्म सस्कृतिलाई नस्ट गरी धार्मिक संस्कार नस्ट नगर्न चेतावनी दिएका छन् ।थाइल्याण्डमा रहेका नेपालीहरुसँगको भेटमा पूर्वराजाले गुठीका बिषयमा गम्भिर भएर सोच्न सरकारलाई आग्रह गरेका छन् । गुठीका बिषयमा गहिरो चिन्ता राख्दै उनले धर्म संस्कृतिमाथी प्रहार भएको बताएका छन् ।पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन आग्रह गरेका छन् । मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न कम्यूनिष्ट सरकारलाई उनले आग्रह गरेका छन् । संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जन गर्दा राज्यले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए ।केही दिनअघि सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष भएको बताएका थिए । मन्त्री बास्कोटालाई जवाफ दिँदै पूर्वराजाले संस्कारमाथीको प्रहार सह्य नहुँने चेतावनी दिएका छनु । ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन

गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् । बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् ।आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मर्नेमा दुई असई र तीन कन्स्टेबल छन् ।प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो ।आक्रमणमा परेका प्रहरी सवार गाडी झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको थियो ।सवारी बाटोमा पहिलेदेखि ढुकेर बसेका माओवादी छापामारको आक्रमणमा परेको थियो । झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले घटनाको पुष्टि गरेका छन् ।आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो । आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए । त्यस घटनामा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए । विवेक खड्का दाङ जेठ ३२ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जनाको मृत्यु भएको छ ।लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो । घटनामा अन्य तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव छन् । घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । घाइतेमध्ये अजय र नरेनलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको

छ ।घटना गएराति २ बजे भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ ।ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र सङ्खुवासभाका ४४ वर्षीय लोकमान राईलाई शुक्रबार पक्राउ गरेको हो ।ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक ईश्वरबाबु कार्कीले आकर्षक रोजगारीको प्रलोभन देखाइ रु पाँच लाखदेखि आठ लाखसम्म लिएर नयाँ दिल्ली, पाकिस्तान, लिबिया हुँदै दुबई पु¥याएर पीडितको पासपोर्ट, नगद तथा राहदानी खोसेर बन्दक बनाउने कार्यमा संलग्न रहेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । “बन्दक बनाएका नागरिकलाई काममा लगाएर पारिश्रमिक नदिने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनको संयुक्त पहलमा नेपाल फिर्ता गरिएको ब्यूरोले जनाएको छ । पक्राउ परेकालाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान भइरहेको ब्यूरो प्रमुख कार्कीले बताउनुभयो । पक्राउ परेका राई यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार कसुर अपराधमा थुनामा परेर रु १० लाख धरौटीमा रिहा भएको ब्यूरोले जनाएको छ ।

Related Articles

Back to top button