समाचार

भारतीय वायु सेनाको विमान दुर्घटना फेरी अर्को गोर्खे छोरा सहीद बने

फेरी अर्को गोर्खे छोरा राजेश थापा सहीद बने गत ३ जुनमा अरुणाचल प्रदेशको लिपो क्षेत्रमा लापता भएको भारतीय वायु सेनाको ए° एन° ३२ एयर क्राफ्टमा सवार मृत्यु भएका सबै १३ जनाहरु मध्ये एक गोर्खा छोरा पनि थिए। फरीदाबाद सेक्टर १३ निवासी फ्लाईट लेफ्टनेन्ट राजेश थापा शहीद ए° एन° ३२ हादसामा सहीद बनेका छन्HG टीम सहीद राजेश थापाको चिर आत्माको शान्ती अनि उनको शोकाकुल परिवारप्रति हामी हार्दिक #सम्बेदना ??? प्रकट गर्दछौं।काठमाडौं । विगत तीन महिनाको अबधिमा कतारमा २७ जना नेपालीको ज्यान गएको छ । वैदेशिक रोजगारीका लागि पुगेका २७ जना नेपाली कामदारको ज्यान गएको नेपाली दूतावास दोहाले जनाएको छ । २०७५ माघ १ देखि २०७५ चैत्र मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै दूतावासले विभिन्न कारणले २७ नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरेको छ ।यस्तै, दूतावासले कतारका विभिन्न अस्पतालमा सिकिस्त बिरामी भएर ८ जना नेपाली कोमामा रहेको र ३७ जना नेपालीहरुले जेल जीवन बिताइरहेको समेत उल्लेख गरेको छ ।ओम अस्पतालमा तनावग्रस्त, दुई राउण्ड अश्रुग्यास प्रहारचाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त र प्रहरीबीच झडप भएको छ । शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपछि अस्पताल परिसर

तनावग्रस्त भएको हो । अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा बिरामीका केही आफन्त घाइते भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की ५० वर्षीया रामप्यारी थापामगरको बिहीबार बिहान मृत्यु भएको हो । अप्रेसनमा चिकित्सकको चरम लापरबाहीको कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ । झडपको थप विवरण आउन बाँकी ।उर्लाबारी । मोरङको उर्लाबारी—९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडा कै प्रकाश थापाले शुक्रवार राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । इन्द्रहाङको घाँटी ,छाती लगायत शरिरको बिभिन्न भागमा चोट लागेको दाजु सुरेन्द्र शेर्माले बताउनुभयो ।झण्डै पाँचथर घटना जस्तै घट्यो,गर्मीले भाई बाहिर सुतेकै ठाउँमा ज्यान मार्ने गरी खुकुरी प्रहार भएको छ , दाजु सुरेन्द्र शेर्माले भन्नुभयो, खुकुरी प्रहार गरी फरार थापालाई राति नै खोजि गरी गरी प्रहरीको जिम्मा लगाएका छौ । अहिले इन्द्रहाङको उपचार झापाको विएण्डसी हस्पिटलमा भईरहेको छ भने थापालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।गाउँमा मरिमराउ भएको घरमा सोहि राती प्रकाश र इन्द्रहाङको सामान्य विवाद भएको थियो । त्यहि रिसमा प्रकाशले घरमै गएर आक्रमण गरेको हुन सक्ने बताइएको छ । यद्यपि, प्रहरीको अनुसन्धान भईरहेको छ ।

Related Articles

Back to top button