समाचार

जन्तीलाई दिएको शाकाहारी खानामा हड्डी, बेहुलाले दिए बिहे नगर्ने चेतावनी

बेहुलासमेतले विवाहका लागि अस्वीकार गरी राति नै जन्ती फर्किने सम्मको चेतावनी दिए । ९० प्रतिशत जन्ती राति नै खाना छाडेर आक्रोशित हुँदै विवाह बहिस्कार गरी घर फर्के धनुषा – जनकपुरको मुजेलियामा सञ्चालित होटेल राजदरबारमा शाकाहारी खानामा हड्डीको टुक्रा भेटिएपछि बेहुला र बेहुली पक्षबीच विवाद भएको छ । होटेल राजदरबारको बदमासीले विवाह नै टुट्नेसम्मको अवस्था सिर्जना भएको समाचार शैलेन्द्र महतोले उज्यालोमा लेखेका छन् । जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोक निवासी रामबाबु यादवले छोरीको विवाहको सम्पूर्ण व्यवस्थापन ३ लाख ६५ हजार रुपैयाँमा शुक्रबार राति राजदरबार होटेलमा गरेको थियो । विवाहको लागि सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरबाट शिवशंकर यादवका छोराको जन्ती आएको थियो । राति १२ बजे बेहुला र बेहुलीबीच स्वयम्बर सकिएपछि बेहुलासहित सबै जन्ती खाना खानको लागि बसे । दुल्हासहित जन्तीका धेरै मानिस शाकाहारी भएकाले पहिले नै होटेलवालालाई भनेर दालभात तरकारीसहित शाकाहारी भोजनको व्यवस्था गरिएको थियो तर जब सबैले थालमा खाना थपेर खाना खान सुरु गरे सबैको खानामा हड्डीको टुक्रा फेला पर्न थाल्यो । त्यसमा धेरै वैष्णव कन्ठीधारी जन्तीसमेत भएकाले आफ्नो धर्मकाे अपमान गरेको भन्दै जन्तीहरु खाना छाडेर छोरी पक्षमाथि आक्रमक भए यहाँसम्मकी बेहुलासमेतले विवाहका लागि अस्वीकार गरी राति नै जन्ती फर्किनेसम्मको चेतावनी दिए । ९० प्रतिशत जन्ती राति नै खाना

छाडेर आक्रोशित हुँदै विवाह बहिस्कार गरी घर फर्के । तर बेहुली पक्षको हारगुहारपछि बेहुलाका घरपरिवार विवाह गर्न राजी भए । र बेहुला पक्षका केही आफन्तजन मात्र बसे । यसमा होटलवालाको चरम बदमासी भएकाले त्यसको निर्णय पछि गर्ने भन्दै विवाह सम्पन्न भयो राति विवाद भएको बेला वडा प्रहरी कार्यालयकाे प्रहरी टोली त्यहाँ पुगेको थियो । होोटल व्यवस्थापन पक्षले बिहान ७ बजे छलफल गर्ने समय मिलाएको थियो । तर बिहानदेखि होटेल सञ्चालक मोबाइल स्विच अफ् गरी सम्पर्क बाहिर गएका छन् । बेहुलीका बुबा रामबाबु यादवले छोरीको विवाह नै भाँड्ने गरी र धर्मभ्रष्ट बनाउने गरी खानमा हड्डीका टुक्रा मिसाएकाले होटेलमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ । ‘झण्डैले छोरीको विवाह भाँडिएन । जन्ती पनि खाना नखाई फर्के । होटेलले ठुलो बदमासी गरेको छ’, उहाँले भन्नुभयो, ‘होटेल सञ्चालक पछि छलफल गर्नेभन्दै फोन अफ् गरेर सम्पर्कविहीन छन् यता मुजेलिया वडा प्रहरी कार्यालयका इञ्चार्ज बडाबाबु झाले शाकाहारी भोजमा भेटिएको हड्डीका टुक्राहरु प्रमाणस्वरुप राखेको बताउनुभयो । ‘राति विवाद भएको बेला होटेलमा पुगेर खानामा मिसाइएको हड्डीका टुक्रा हामीले प्रमाणस्वरुप राखेका छौं’, इञ्चार्ज झाले भन्नुभयो, ‘राति होटेल सञ्चालकले बिहान ७ बजेको समय दिएका थियो । तर अर्को घटनामा जानुपर्दा त्यहाँ पुग्न सकेनौ । होटेल सञ्चालक अहिले सम्पर्क बाहिर छन् ।’

Related Articles

Back to top button