समाचार

श्रीमतीको हत्या गरेर श्रीमान् झुण्डिए

बर्दिया — राजापुर नगरपालिका-२ प्रगति गाउँमा श्रीमतीको हत्या गरेपछि श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् ।स्थानीय जीतबहादुर थारुले शनिबार राति श्रीमती अनिताको घाटी थिचेर हत्या गरेको प्रहरी नायब उपरीक्षक मदनजित महतराले बताए। लगतै जीतबहादुरले झुण्डिन थाल्दा उनकी छोरीले कराएको प्रहरीको भनाई छप्रहरीले झुण्डिएको अवस्थामा उनको शव फेला पारेको जनाएको छ। हत्या र झुण्डिएको घटनाको अनुसन्धान भइरहेको प्रनाउ महतराले बताए। उक्त घटना सदरमुकाम गुलरियाबाट करिब ४० किमि पश्चिममा भएको हो।प्रकाशित : वैशाख २२, २०७६ ११:४९काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) ले भोलि सोमबार आव्हान गरिएको नेपाल बन्द आफ्नो पार्टीको नभएको जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी माओवादीको नामबाट नेपाल बन्द आव्हान गरिएको विज्ञप्ति जारी भएपछि आफ्नो पार्टीको बन्द भनि भ्रम परेको हुनाले उक्त बन्द नेकपाको नभएको केन्द्रीय कार्यालयले स्पष्ट पारेको हो ।नेपाल कम्युनिष्ट पार्टी

माओवादीको नामबाट वैशाख २३ गते नेपाल बन्दको आव्हान गरिएको विज्ञप्ति जारि गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज सगुनले गत बिहिबार एक विज्ञप्ति जारी गरि पार्टीले गरेको नेपाल बन्दको दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आग्रह गरेका थिए ।उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ “‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ । साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।’

Related Articles

Back to top button