समाचार

जापानबाट घरमा आएको केहि दिनमै दुर्घटनामा परि मृत्यु !

बागलुङ, गल्कोट नगरपालिका वडा नम्वर ४ को भेँडीखाल्टामा शुक्रबार राति ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि)को मृत्यु भएको छ । २ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ ।घाइते हुनेमा सवारी धनी तथा चालक हुमबहादुर कुँवर र मृतक खात्रीका भान्जा आयुष कार्की रहेका छन ।घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । ध १ ज ५१३ नम्बरको ट्याक्सी गयराति १० बजेको समयमा दुर्घटना भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरीक्षक ऋण बहादुर बैदवारले जनाकारी दिए ।गल्कोट नगरपालिका हटियाबाट सोही नगरपालिका ४ को नुवाकोटतर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेको हो ।मृतक खत्री केही दिन अघिमात्र जापानबाट घर आएका थिए । रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।बग्यो रगतको खोलो काठमाडौं, ३२ जेठ । राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरे ।उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै सो प्रदर्शन गरेको बताइएको छ ।युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको तरुण दल

काठमाडौंका सभापति कृष्णजी खड्काले सेतोपाटीलाई बताए।उनीहरुलाई कालो झण्डासहित विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।पक्राउ परेका दुबै जनालाई तीनकुनेस्थित प्रहरी कार्यालयमा राखिएको छ।प्रकाशित मिति: आईतबार, असार १, २०७६, १०:४४:००काठमाडौं– जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ ।शनिबार राती ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण छैन । गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश तथा अन्य विभिन्न स्थानमा डिआइजी फेरिएका हुन्।सरुवा सूचीअनुसार एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली सरुवा भएका छन्। सूदुरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरुवा भएको छ।अन्यथा नभए वर्तमान नेतृत्वको अवधि समाप्त भएपछि उनीहरु दुई मध्येबाट एक जना ६ महिनाका लागि प्रहरी महानिरीक्षक बन्नेछन्।गृह स्रोतका अनुसार प्रदेश दुईमा त्यसपछि आउने नेतृत्वका दाबेदार प्रद्युम्न कार्कीको सरुवा भएको छ। उनी प्रहरी राष्ट्रिय शिक्षण प्रतिष्ठानमा कार्यरत थिए।सरुवा अनुसार केदार रिजालको योजना तथा अन्वेषण शाखा, तीन नम्बर प्रदेशमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँचमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशीको सरुवा भएको छ।एसएसपी दरबन्दी कायम गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा सूर्य उपाधय्यायको सरुवा भएको छ। भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीको सरुवा भएको छ।महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख यथावत् छन्। प्रहरी प्रवक्तामा विश्वराज पोखरेललाई कायम गरिएको छ।

Related Articles

Back to top button