समाचार

भिरबाट लडेर कक्षा १० मा अध्ययनरत सीताको मृत्यु

बाजुरा । बाजुरामा शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको जनाइएको छ । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।दाङ । शनिबार राति दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । राति करिब १ बजेतिर आगलागी हुँदा वासुदेव घर्तीको घर र गोठ जलेर क्षति भएको हो आगलागीका कारण घरगोठ पूर्णरूपमा जली नष्ट भएको र धनमाल नष्ट हुँदा करिब १४ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको

गोठमा अचानक आगलागी हँुदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा रहेका तीन बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ ।आगलागी बाट रु ४५ हजार बराबरको क्षति भएको छ भने आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेपाल तरुण दलका कार्यकर्ता बताइएकाे छ ।आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुई कार्यकर्ता पक्राउ परेकाे प्रहरीले जनाएकाे छ प्रहरीका अनुसार प्रकाउ पर्नेमा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अन्य एक कार्यकर्ता रहेका छन् ।भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विवादमा रहेको गुठी विधेयकमा कमजोरी देखिए सच्याउने आश्वासन दिनुभएको छ ।

Related Articles

Back to top button