अन्तर्राष्ट्रिय

राजधानी मा कार बम विस्फोट दश जनाको मृत्यु २६ घाइते

।एजेन्सी मोगादिसु । कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भने, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।”प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो विस्फोटनमा आक्रमणकारीको पनि मृत्यु भएको छ ।घटनामा परी घाइते भएका एक जना घाइतेलाई सुरक्षाकर्मीले पक्राउ पनि गरेका छन् । लडाकूहरुले विस्फोटन गराएपछि राजधानी जाने मुख्य बाटो बन्द भएको थियो ।अलकायदा सम्बद्ध अल शबाब नामक समूहले घटनाको जिम्मेवारी लिएको छ । भारतले अमेरिकालाई ठूलो झट्का दिदै २८ वटा युएस प्रोडक्टसमा आयात शुल्क बढाइएको छ । अब ती प्रोडक्ट्समा नयाँ आयात शुल्क लगाउन सुरु भएको हो । बादाम, ओखर र दालमा आयात शुल्क बढाएको बताइएको छ भारतले आज अाइतबारदेखि लागू हुने गरी ती विभिन्न २८ वटा अमेरिकी

उत्पादनहरुको आयातमा शुल्क बढाइएको हो। भारतको यो कदमले अमेरिकन एकसपोटर्सका लागि झट्का दिन सक्ने जनाइएको छ । किनकि अब उनले २८ उत्पादनमा अधिक ड्युटीका भुक्तान गर्नुपर्नेछ । यसले भारतीय बजनरमा ती सबै अमेरिकी उन्पादन महँगो हुनेछ । कयौँ पटक समय सिमा बढाएपछि भारतले २९ अमेरिकी उत्पादनमा अतिरिक्त सिमा शुल्क लगाउने निर्णय लिएको थियो।३० जुन २०१७ अधिसूचनालाई संशोधित गर्दै सेन्ट्रल बोर्ड अफ इन्डायरेक्ट ट्याक्स एन्ड कस्टम्सले शनिबार संयुक्त राज्य अमेरिकामा बनेका या निर्यात गर्न लागेका २८ प्रोडक्ट्समा अतिरिक्त ड्युटी लगाउनेछ । यो भन्दा पहिला २९ उत्पादनमा कस्टम ड्युटी बढाइने निर्णय गरेको थियो , तर ती मध्य एक प्रोडक्ट्सलाई छ्ट्याएको छ । अमेरिकी उत्पादनमा कस्टम ड्युटी बढाउनाले भारतलाई लगभग २१७ मिलियन अमेरिकन डलर अतिरिक्त राजस्व प्रापत हुने बताइएको छ ।अमेरिकाले पछिल्लो साल मार्चमा स्टीलमा २५ फीसदी र एल्युमीनियम उत्पानमा १० फीसदी आयात शुल्क लगाएको थियो । भारत अमेरिकामा ती वस्तुका प्रमुख निर्यात मध्य एक हो । जस कारण अमेरिकाको उक्त कदमले राजस्वमा असर परेको थियो । उक्त कदमको जवाफमा भारतले अब २८ अमेरिकी उत्पादनमा अतिरिक्त सीमा शुल्क लगाउने फैसला लिएको बताइएको छ ।

Related Articles

Back to top button