समाचार

ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु

।काठमाडौँ : शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।रौतहटको गरुडा नगरपालिका–५ स्थित सडकमा शनिबार साँझ लु१ख ३५६४ नम्बरको ट्रकले ना २९ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।उक्त दुर्घटनामा मोटरसाइकलमा सवार कटहरीया नगरपालिका–१ का २६ वर्षीया सुगन्धि साह र उनकै छोरी ५ वर्षीया अम्बिका साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकललाई ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको बताइएको छ ।बाजुरा । बाजुरामा शनिबार साँझ घाँस काट्ने क्रममा भिरबाट लडेर १७ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेहद गाउँपालिका–६ की सीताकुमारी पाध्यायको गाईगोरुको लागि गाउँ नजिकै रहेको चुल्ली भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।घाँस काट्न गएको बेला चिप्लेर भिरबाट लड्दा उनको घटनास्थमै मृत्यु भएको जनाइएको छ । उनी वडिमालिका नगरपालिका–१ पिनालेखमा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् ।दाङ । शनिबार राति दाङको घोराही–१ चित्रटारीमा आगलागी हुँदालाखौँको क्षति भएको छ । राति करिब १ बजेतिर आगलागी हुँदा वासुदेव घर्तीको घर र गोठ जलेर क्षति भएको हो आगलागीका कारण घरगोठ पूर्णरूपमा जली नष्ट भएको र धनमाल नष्ट हुँदा करिब १४ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय

दाङले जनाएको छ ।त्यस्तै दाङको बबई गाउँपालिका–३ हंसपुरस्थित सावित्रा नेपालीको फुसले छाएको गोठमा अचानक आगलागी हँुदा गोठ पूर्णरूपमा जली नष्ट भएको र उक्त गोठमा रहेका तीन बाख्रा जलेको प्रहरीले जानकारी दिएको छ ।आगलागी बाट रु ४५ हजार बराबरको क्षति भएको छ भने आगो
स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खाेज्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने नेपाल तरुण दलका कार्यकर्ता बताइएकाे छ ।आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुई कार्यकर्ता पक्राउ परेकाे प्रहरीले जनाएकाे छ प्रहरीका अनुसार प्रकाउ पर्नेमा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अन्य एक कार्यकर्ता रहेका छन् ।भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विवादमा रहेको गुठी विधेयकमा कमजोरी देखिए सच्याउने आश्वासन दिनुभएको छ ।काठमाडौं, ३२ जेठ । शनिबार राती ९ बजेर ३२ मिनेटमा शक्तिशाली भुकम्पको धक्का महशुस गरिएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।ठुलै धक्का महशुसभएपछि स्थानियहरु त्रसित भएका छन । क्षतीको विवरण आउन भने बाँकि नै छ ।शुक्रबार पनि बझाङ्ग केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो

Related Articles

Back to top button