समाचार

बलात्कारको आरोपमा दुलाहा पक्राउ

दोलखा – विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दागर्दै भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन् १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीच पक्राउ परेका हुन् ।बलात्कृत भएको दाबी गर्दै ती किशोरले उजुर गर्नेबित्तिकै दुलही भित्राउने कार्यक्रममै प्रहरी पुगेको थियो ।संस्कारअनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । २३ बर्षीय शान्तिले एक महिनाअघि भगाएको केटीलाई भित्र्याउनुे प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल भएको छ ।ती कशिोरीले आफूलाई विहेको प्रलोभनमा पारेर सान्तिले बलात्कार गरेको आरोप लगाएकी छन् । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दादेखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन् ।यो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।हरेक कानुन परिमार्जन गर्ने क्रममा बहुबिवाह को को कानुन पनि परिमार्जन गरियको छ कानुन सबै को लागि होर सबै ले मान्नु पर्छ तेसै क्रममा हाम्रो नेपाली कानुन ले सबै जनता लाई आत्मा साथ गरि कानुन बनाउने क्रममा छ ।नेपाली कानूनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ। भदौ १ गतेबाट लागू हुने मुलूकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ। बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ। विवाहित पुरुषको पत्नीले कानून बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छविवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने ऐनमा व्यवस्था गरिएको छ। विवाहित पुरुष भनेर थाहा हुँदा हुँदै उक्त पुरुषसँग विवाह गर्ने महिलालाई पनि १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछत्यसैगरि विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ। उपदफा ९१०

बमोजिम २० वर्ष नपुगी विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछदाइजो माग्ने र दाइजोका कारण महिला हिंसा गर्नेलाई कडा कारबाही हुने भएको छ। ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छयदि यसरी दाइजो मागेमा वा लेनदेनको सर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ। नयाँ कानूनले बालविवाह, बहुविवाह, दाइजोका नाममा हुने महिला हिंसा रोकिने आसा र अपेक्ष गरिएको छविवाह गरिसकेपछि पनि दाइजो निहुँमा दुःख दिनेलाई झन् कडा कारबाहीको व्यवस्था ऐनमा गरिएको छ। विवाह गरिसकेपछि दाइजो वा सम्पत्ति मागेमा वा त्यसको निहुँमा दुलही वा उसको नातेदारलाई हैरानी दिएमा, सताएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म कारबाहीको व्यवस्था गरिएको छ।विराटनगर : विराटनगर विमानस्थलबाट एक व्यक्तिलाई ३८ थान राहदानीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार बिहान ११ बजे सुनसरीको इटहरी उपमहानगरपालिकाका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलबाट ३८ थान राहदानी काठमाडौं पठाउन लागेको अवस्थामा खवास पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। विराटनगर विमानस्थलमा खटिएको प्रहरी टोलीले खवाससँग राहदानी फेला पारी नियन्त्रणमा लिएको उनको भनाइ छ। पक्राउ परेका खवासलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पठाइएको छ।बुटवल– शुक्रवार साँझ दाजुसँगै चढेको स्कुटीबाट ओर्लेेे एक्कासी नारायणघाटको पुलबाट हाम्फालेर नारायणी नदिमा बेपत्ता भएकी चितवन घर भएकी २१ वर्षीया कविता सापकोटाले हाम्फाल्नुको कारण रहश्यमय बनेको छ । उनको माइती घर कन्चनपुरको महेन्द्रनगर नगरपालिका– १८ खरकट्टी हो । उनको विवाह गत फागुन–१७ गते चितवनको राप्ती नगरपालिका–६,

वीरेन्द्रनगरका २९ वर्षीय पवन सापकोटासँग भएको थियो । उनी पूर्वी नवलपरासीको देवचुली नगरपालिका–३ दलदले भाग्यपुरीस्थित मावली घरबाट चितवनको वीरेन्द्रनगरस्थित आफ्नो घरमा दाजु हरि बसेलसँग स्कुटीमा चढेर जाँदै थिइन् । दाजु बसेलले भने– ‘पुलमा गाडी जाम थिए । एक्कासी ओर्लिएर हाम फालिन् । के कारणले हाम फालिन् भन्ने कुरै बुझ्न सकिएन ।’त्यसअघि कुनै निराशाका कुरा पनि गरेकी थिईनन् । अब उतै घर तिरै गएर पढ्ने हो भन्दै थिइन्, अरु केहि कुरा गरेकी थिईनन् ।’दलदलेस्थित मामा रेशम सापकोटाको घरमा आफु त्यसैदिन विहान आएको र साँझपख बहिनीलाई चितवनस्थित घरमा छाड्न हिडेको दाजु बसेलले बताए । ‘गाडी जाम भएको बेला करिब पौने पाँच बजेको समयमा उनी हाम फालेकी हुन्,’ दाजु बसेलले भने, ‘त्यसअघि कुनै निराशाका कुरा पनि गरेकी थिईनन् । अब उतै घर तिरै गएर पढ्ने हो भन्दै थिइन्, अरु केहि कुरा गरेकी थिईनन् ।’उनले कक्षा १० को पढाई महेन्द्रनगरको सनराईज पब्लिक हाईस्कुलमा सकेर गत बर्षदेखि मावली घर दलदलेमा बस्दै कक्षा ११ को पढ्न सुरु गरि परीक्षा दिएर बसेकी थिइन् । उनका श्रीमान पवन सापकोटाका अनुसार बुधवार उनी दलदलेस्थित मावली घर जान्छु भनेर हिडेकी थिइन् । ‘उनी मामा घर पुगेपछि मैले उसैदिन यताबाट फोन गरेर छोटो कुराकानी भएको थियो’ उनका श्रीमान सापकोटाले भने, ‘त्यसपछि फोनमा कुराकानी भएको थिएन ।उनले श्रीमतीको तस्विर आफुसँग नभएको र उनी फोनमा कम बोल्ने गरेको बताए ।कक्षा १२ पढेर विदेश जाने सोचका साथ कुक तालिम गर्दै गरेको बताउने सापकोटा श्रीमतिसँग राम्रो सम्वन्ध रहँदै आएको बताउँछन् । ‘खै मैले त केहि बुझ्नै सकिन उनी के कारणले हाम्फालिन् भन्ने कुरा, मावली घर जाने बेलामा पनि राम्रै बोलचाल गरेर हिडेकी हुन्, उनले थपे, ‘हाम्री आन्टीहरु उनको मावली तिरै भएकोले हेराउँदा उनको र मेरो लगन जु¥यो र मागी विवाह गरेका हौं ।’ उनले श्रीमतीको तस्विर आफुसँग नभएको र उनी फोनमा कम बोल्ने गरेको बताए । सापकोटा परिवार म्याग्दीबाट चितवन बसाईसराई गरेका थिए ।ईलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी सहायक नायव निरीक्षक (सई) यज्ञ पौड्यालले बेपत्ता कविता सापकोटाको खोजी कार्य भई रहे पनि फेला पार्न नसकिएको बताए । विवाहपछि माईती घर महेन्द्रनगर नगएको बताइने कविता विवाहको तीन महिना नबित्दै हाम्फाल्नुको कारण पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । यो खबर प्रेम सुनारले रातोपाटीमा लेखेका छन् ।

Related Articles

Back to top button